Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

निर्देशक बनाउन षड्यन्त्र । अनुप भन्छन्- `ओस्कार जित्न फिल्म बनाएको हैन`

फिल्मीखबर, फिल्मीखबर, 2014/01/19

अभिनेता समेत रहेका थिएटरका कुशल निर्देशक अनुप बरालले आफूलाई षड्यन्त्र गरेर फिल्म निर्देशक बनाएको बताएका छन् । आईवार राजधानीमा आयोजना गरिएको फिल्म 'फिटकिरी'को फस्टलुक तथा अडियो सार्वजनिक कार्यक्रममा बोल्दै अनुपले भने- 'मलाई षड्यन्त्र गरेर निर्देशक बनाईयो ।'


बोलीचालीको भाषामा षड्यन्त्र भन्ने शब्दले नराम्रो अर्थ बोकेपनि अनुपले 'फिटिकिरी' निर्देशक गर्न गरिएको षड्यन्त्रलाई भने सकारात्मक अर्थमा लिएको बताए । सुरूमा अभिनेता दयाहाङ राईलाई निर्देशक र अनुपलाई हिरो लिने सोच बनाएका निर्माता अर्जुन कुमार सहितको निर्माण युनिट र बिशेषगरी फिल्मका लेखक यज्ञश तथा छायाँकार पुरूषोत्तम प्रधानको आग्रहमा अनुपलाई निर्देशन जिम्मा दिईएको कार्यक्रममा खुलाईयो ।

 

 

यस्तै थुप्रै फिल्ममा अभिनय र नाटकको निर्देशक पश्चात पहिलो पटक फिल्म निर्देशन गरेका अनुपले आफूले 'फिटकिरी' ओस्कार जित्न नबनाएको बताए । काठमाण्डौ शहरका केही भिन्न आर्थिक सामाजिक पृष्टभुमीका चरित्रहरूले भोग्ने जीवनका अनेक रंग फिल्ममा दर्शाउने प्रयास गरेको भन्दै अनुपले थपे- 'मैले यो फिल्म न ओस्कार जित्न बनाएको हुँ न कान्समा जान । मैले त समाजको पाटोलाई प्रतिनिधित्व गर्न फिल्म बनाएको हुँ ।' राम्रो फिल्म बनाउने प्रयास गरेको भन्दै अनुपले निर्माताद्धय अर्जुन कुमार र सुमिन मैनालीप्रति आभार प्रकट गरे ।

 

 

यता निर्माता अर्जुन कुमारले फिल्म क्षेत्रमा नयाँ गर्ने सोचकासाथ आफू अगाडी बढिरहेको भन्दै 'फिटकिरी'लाई माया गरिदिन हरेक वर्गलाई आग्रह गरे । उनले भने- 'मैले काखमा राखेर म्वाईं खानुस् भन्दिन । यदि तपाईंलाई राम्रो फिल्म हेर्ने मन छ भने 'फिटकिरी' हेर्नुस् र हामीलाई लाग्रेको सुझाव दिनुस् ।' फिल्मका अभिनेता सौगात मल्लले आफ्नो तर्फबाट राम्रो काम गरेको बताए भने 'लुट'फिल्म निर्देशक निश्चल बस्नेतले अभिनेता भएर राम्रो काम गर्ने कोसिस गरेको बताए । उनले फिल्मको बारेमा भने- 'यसले नेपाली फिल्म उधोगमा नयाँ आयाम ल्याउने छ भन्ने विश्वास लिएको छु ।'

 

 

फिल्मकी अभिनेत्री दिया मास्केले अरूले आफूमा नदेखेको चारित्र अनुप बरालले देखेको भन्दै आफ्नो भूमिका फरक रहेको दाबी गरिन् । यता फिल्मका गीतकार भुपेन्द्र खड्काले संगीत रिलिज पश्चात भने- 'मेरा अन्य फिल्मका जस्तै फिटकिरीका गीत पनि सफल हुनेछन् ।' चैत्र ७ गते रिलिज हुने फिल्ममा सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत, शान्ति गिरी, लक्ष्मी गिरी, धिरेन्द्र प्रेमर्शीलगायतका कलाकारले अभिनय गरेका छन् ।

 

'फिटकिरी'को पोस्टर (आनन्द महर्जनले डिजाईन गरेको) तथा प्रोमो हेर्नुस्