Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

मलेसिया उड्न काठमाडौं आइन् निरुता

फिल्मीखबर, काठमाण्डौ, 2014/01/19

‘दर्पण छाँया’ अभिनेत्री निरुता सिंह मलेसियामा हुने छैटौं नेफ्टा अवार्ड सहभागी हुन काठमाडौं आइपुगेकी छिन् । निरुता मुम्बइबाट आज मध्यान्ह् राजधानी आएकी हुन् ।

 

नेफ्टा टिमले अभिनेत्री सिंहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्यो । ‘यात्रा रमाइलो भयो,’ निरुताले फिल्मीखबरसँग छोटो अनुभव सुनाइन् । नृत्य रिहर्लसलको लागि निरुता केही महिना अघि काठमाडौ आएकी थिइन् । झन्डै दुई साताको नृत्य रिहर्लसल पश्चात उनी गृह स्थान फर्किएकी थिइन् । नेफ्टा अवार्डमा निरुताले चर्चित गीतमा आकर्षक नृत्य प्रस्तुत गर्नेछिन् ।

 

निरुतासँगै दर्जन कलाकारले मलेसियाको नेफ्टा अवार्डमा आकर्षक नृत्य प्रस्तुत गर्नेछन् । निर्देशकद्धय कमल राई र गोविन्द राईले नृत्यको रिहर्लसल गराइरहेका छन् । जनावरी ३१ तारिखमा हुने अवार्डका लागि नेपालबाट कलाकार कहिले उड्ने टुङ्गो लागि नसकेको संयोजक मनोज केसीले बताए । उनले भने- ‘केही दिनमै यसको टुङ्गो लाग्छ । हामी चरणवद्ध रुपमा अवार्ड अगाडी मलेसिया उड्नेछौं ।’

 

सुवास गिरीको मुख्य प्रायोजन रहने नेफ्टा अवार्डका लागि कलाकार राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, आर्यन सिग्देल, नम्रता श्रेष्ठ, केकी अधिकारी, प्रियंका कार्की लगायत मलेसिया जाँदैछन् ।