सुनिल मानन्धर निर्मित मेघा प्रोजेक्ट ‘मायाज बार’ ले धेरै नै चर्चा पायो । तर, फिल्मले सार्वजनिक प्रदर्शनबाट लगानी रिकभर गर्न भने सकेन ।
.jpg)
निशा अधिकारीको शिर्ष भूमिका रहेको फिल्मले झन्डै दुई करोडको ग्रस व्यापार गर्यो । यद्पी लागनी नै एक करोड पुगेकाले निर्माता मानन्धर उक्त फिल्मबाट लगानी उठाउन असफल बने । ‘मायाज बार’बाट घाटा खाएका निर्माता मानन्धरले ‘मोक्ष’ फिल्म निर्माण गरेका छन् । जुन फिल्म यही माघ २४ गते अल नेपाल प्रदर्शन हुँदैछ ।
माघ २४ ‘मुटु’ र ‘झोला’ फिल्म एकसाथ प्रदर्शन हुने भएपछि ‘मोक्ष’ निर्माता मानन्धरलाई व्यावसायिक सफलता हात पार्न सहज हुनेमा भने मुस्किल देखिएको छ । फिल्मको कथा, प्रस्तुती राम्रो भएको खण्डमा भने सुनिलले जीत हाँसिल गर्न सक्ने प्रचार सामाग्रीबाट बुझ्न सकिन्छ ।
निर्देशक प्रविन श्रेष्ठको व्यक्तिगत जीवनीमाथि ‘मोक्ष’को कथा आधारित छ । साँगीतिक लभ स्टोरीको फिल्ममा कोशिस क्षेत्री र वेनिशा हमाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘मोक्ष’ मा समावेश ‘आउँदैछु...’ र ‘खुला आकाशमा..' गीत यतिखेर हिट छन् ।

