अभिनेत्री मेलिना मानन्धर अभिनयमा फर्किएकी छिन् । अभिनेत्री मानन्धरले एक महिना अगाडी बौद्ध भिक्षुणीको सत्य जीवनकथामा आधारित फिल्ममा शिर्ष भूमिका निभाइन् ।

राज शाक्य निर्देशित ‘धम्मवती’मा मेलिनाको शिर्ष भूमिका छ । भिक्षुको संघर्ष र त्यागलाई महसुश गर्ने अवसर पाएँ,’ अभिनेत्री मानन्धरले आफ्नो अनुभव सुनाइन्- ‘सुटिङ रमाइलोसँग बित्यो ।’ काठमाडौं र चितवनमा छायाँकन गरिएको यो फिल्म झन्डै तीन पछि प्रदर्शनको लागि तयार हुनेछ ।
फिल्ममा उज्जवल मानन्धर, हरी शाही र मदन मानन्धरको संयुक्त लगानी छ । अभिनेत्री मानन्धर छोरीलाई जन्म दिएपछि अभिनयमा कम देखिएकी छिन् । मेलिनाले राम्रो नेपाली फिल्मको स्क्रिप्ट आए अभिनय गर्न तयार भएको बताइन् । अभिनेता पती मुकेश ढकाल पनि पछिल्लो समय फिल्ममा सक्रिय छैनन् तरपनि उनका चारवटा फिल्म रिलिजको क्रममा भने छन् ।

