Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

करिश्माले दिइन् छोरीको वर्थडे पार्टी (फोटो फिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2014/01/19

सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरले छोरी कविता मानन्धरको जन्मदिनलाई लक्षित गर्दै माघ ५ गते एक रात्री भोजको आयोजना गरिन् । करिश्माले दिएको रात्री भोजमा परिवारका सदस्य सहित सिमित फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

 

नयाँ बानेश्वरस्थित अल्फा हाउसमा रात्री भोज १० बजेसम्म चल्यो । छोरी कविताको वर्थ डे १९ डिसेम्वरमा परेतापनि आफु नेपालमा नभएकोले एक महिनापछि वर्थडे पार्टीको आयोजना गरिएको करिश्माले बताइ्न् । करिश्माले भनिन्- ‘ कवुको वर्थडेमा म कतार थिएँ । ऊ पनि प्लेन डिले भएर वर्थडेमा नेपाल आउन पाएन ।’

 

एक महिना पछि किन वर्थडे सेलिव्रेसन ? उनको प्रष्ट्याइ छ- ‘कतारबाट नेपाल फर्किए लगत्तै म निकै नै व्यस्त भएँ । कबु पनि यही हप्ता अमेरिका उड्दैछ । जाने बेलामा उसलाई पनि रमाइलो होस् भनेर पार्टीको आयोजना गरेकी हुँ ।’ माघ ५ सम्म छ वटा वर्थकेक काटेर छोटी करिश्मा यसै साता अध्ययनका लागि अमेरिका फर्कदैछिन् ।

 

छोरी कविताका लागि करिश्माले आयोजना गरेको रात्री भोजमा आमा, पती विनोद मानन्धर र आफन्त सहित करिश्मा निकट सिमित फिल्मकर्मी तथा कलाकार र साथीभाईको उपस्थिती थियो । माघको जाडोमा फिल्मकर्मीको उपस्थितिले अल्फा हाउसको रात्री भोज भने गरम बनेको थियो । रात्री भोजमा सहभागी संगीतमा झुमेका थिए ।

 

सुन्दरताकी धनी करिष्मा र छोरी कवितालाई लिएर उपस्थितविच कानेखुसी चल्यो- '१९ बर्षकी छोरीकी आमा अझै कस्तो जवान र सुन्दर ।' साँच्चिकै करिष्मालाई देख्दा लाग्थ्यो, छोरी भन्दा आमा तरूनी