सामाजिक अपराधको कथा बोकेको फिल्म 'हँसिया'को डबिङ शुरू गरिएको छ । फिल्मका अभिनेता राजेश हमालबाट फिल्मको डबिङ शुरू गरिएको निर्देशक मिलन चाम्सले फिल्मीखबरलाई जानकारी गराए ।

सुटिङदेखि नै चर्चामा रहेको यो फिल्ममा राजेशले सिआईबी प्रमुखको भूमिका निर्वाह गरेका छन् । फिल्ममा राजेशसँगै हेमा श्रेष्ठ, अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलोक कार्की, बिजय कुँवर, किरण राई, शिशिर राणाको साथमा बालकलाकार प्रशंशा शाहको समेत अभिनय रहेको छ । दुर्गा घलेको प्रस्तुतीमा सोम श्रेष्ठ, जितेन्द्र चेम्जोङ र वाईबी लावतीको पनि लगानी रहेको यस फिल्मलाई राजकुमार केसीले खिचेका हुन् ।

