Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 3.70/5.00)
Text size:-
+
-

करिष्माको `न्यू लुक` । फिल्म छोडेर म्यूजिक भिडियोमा दर्पण

फिल्मीखबर, काठमाण्डौ, 2014/01/17

फिल्म निर्देशक सुरेश दर्पण पोखरेलले सुन्दरी अभिनेत्री करिश्मा मानन्धरलाई लिएर एक म्युजिक भिडियो निर्देशन गरेका छन् । सुन्दरी अभिनेत्रीलाई सन् १९७० को दशकको क्यारेक्टरमा उतार्ने प्रयत्न गरेको निर्देशक पोखरेलले बताए ।

 

प्रनिश मास्केको स्वर रहेको ‘जुन तारासँगै रातमा आउँछु...’ बोलको गीतलाई निर्देशक पोखरेलले यसै साता गोदावरीमा सुट गरेका छन् । कमल राईको नृत्य निर्देशनमा हरि हुमागाईंको छायाँकन रहेको उक्त भिडियोमा नेपाली फिल्मकी चर्चित फेसन स्टाइलिस नीलिमा शर्माको 'कस्टुम डिजाईन' छ । करिश्मा अभिनित फिल्म ‘वाने वे’ फिल्ममा पनि नीलिमाले फेसन डिजाइन गरेकी छिन् ।

 

‘निशाना’, ‘कसलाई दिउँ यो जोवन’, ‘मिस यु’, ‘थ्री लभर्स’ जस्ता फिल्म निर्देशन गरेका निर्देशक पोखरेल पछिल्लो समय भने फिल्म निर्देशनमा निस्क्रिय छन् । फिल्म वितरण कम्पनी दर्शना आर्टस्को सिईओको पद सम्हालेपछि दर्पणले फिल्म निर्देशनबाट हात झिकेका थिए ।