Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

घाईते पत्रकार शाहलाई आर्थिक सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2014/01/17

गत कार्तिक १६ गते ललितपुरको बाणे गाउँस्थित निवासबाट काठमाडौं आउने क्रममा मोटरसाइकल दुर्घटना भई बायाँ हात र बायाँ खुट्टाका बिभिन्न भाग भाँचिई उपचार गराईरहेका नेपाल चलचित्र पत्रकार संघका संस्थापक उपाध्यक्ष तथा चलचित्र पत्रकार दीपेश्वरप्रसाद शाह (डिपी शाह ‘चक्रवर्ती’) लाई उपचारमा सघाउन सहयोग रकम हस्तान्तरण गरिएको छ ।

 

शाहलाई युकेमा रहँदै आएका अभिनेता ध्रुब दत्त र निर्देशक मनिष श्रेष्ठका साथमा गोविन्द अरमजा मगर, भिम महेन्द्र गुरुङ र देव गुरुङले उपलब्ध गराएको ११ हजार १ सय ११ रूपैयाँमा संघका तर्फबाट १० हजार रूपैयाँ थप गरी कुल २१ हजार १ सय ११ रूपैयाँ हस्तान्तरण गरिएको हो ।



यसै बिच संघको पहलमा चलचित्र विकास बोर्डले कल्याणकारी कोषबाट शाहको उपचारका लागि ५० हजार रूपैयाँ उपलब्ध गराएको छ भने संघकै पहलमा उपचारका क्रममा जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले २० हजार रूपैयाँ छुट प्रदान गरेको छ । छातीको करङमा समेत चोट व्यहोरेका शाह हाल निवासमा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् ।

 

चलचित्र पत्रकार संघले पत्रकार शाहको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । फिल्मीखबर डट कम पनि पत्रकार शाहको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।