माघ २४ गते तीन फिल्म प्रदर्शन हुने भएका छन् । ‘मोक्ष’ र ‘मुटु’ सँगै सतीप्रथा विरुद्धको फिल्म ‘झोला’ ले पनि माघ २४ कै प्रदर्शन मिति तोकेको छ ।
नेपाली नयाँ बर्ष अघि माघ २४ मा फिल्महरु बिच ठुलो भिडन्त हुँदैछ । देश तथा विदेशमा गरिएको च्यारेटीबाट ‘झोला’ले सकारात्मक प्रतिक्रिया पाएको छ । यादव भट्टराई निर्देशित फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शकको कस्तो साथ पाउँछ त ? प्रदर्शन पश्चात नै थाहा हुनेछ । ‘झोला’ मा अभिनेत्री गरिमा पन्तको मुख्य भूमिका छ ।
प्रविन श्रेष्ठ निर्देशित फिल्म ‘मोक्ष’ले आफ्नो प्रचारलाई तिव्रता दिइरहेको छ । निर्देशक श्रेष्ठकै दुर्घटनायुक्त जीवनलाई मुख्य विषय बनाइएको ‘मोक्ष’ साँगीतिक लभ स्टोरीमा आधारित फिल्म हो । फिल्ममा कोशिस क्षेत्री र वेनिशा हमाल मुख्य भूमिकामा छन् ।
सूर्य बोहोराको निर्देशन एवं निर्माण रहेको ‘मुटु’का मुख्य कलाकार केकी अधिकारी र विमलेश अधिकारी हुन् । म्युजिक भिडियोको यो हिट जोडीलाई दर्शकले मन पराउने विश्वास छ । फिल्म पूर्ण रुपमा प्रेमकथामा आधारित छ । ‘मोक्ष’, ‘मुटु’ र 'झोला' मध्ये बाजी कसले मार्ला ? प्रतिक्षा गर्रौ ।

