Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

आशिष्मा नकर्मीलाई जागरण मञ्चको सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2014/01/17

'अन्तराल' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री अशिष्मा नकर्मीलाई नेवाः जागरण संकिपा (चलचित्र) मञ्चले सम्मान गरेको छ ।

 

नेपाल सम्बत् ११३४ नयाँ वर्षको अवसरमा मञ्चले क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजना गरेको “नेवाः संगीत नाइट तथा फुड फेस्टिभल” कार्यक्रममा आशिष्मालाई मञ्चका प्रमुख विजयरत्न तुलाधरले सम्मान स्वरुप ट्रफी प्रदान गरेका थिए । बिगत एक दशकदेखि नेपाल भाषाका फिल्महरुमा अभिनय गर्दै आएकी अशिष्मालाई उनको लोकप्रियता र उनले नेपाल भाषाको फिल्मको श्रीवृद्धिमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गरिएको संकिपा मञ्चका प्रमुख तुलाधरले बताए ।

 

समारोहमा नेवाः जागरण मञ्चका अध्यक्ष सुजिव बज्राचार्य, ने.सं. ११३४ न्हू दँ समारोह समितिका अध्यक्ष डा. चुन्दा बज्राचार्य र क्षेत्रपाटी पार्टी प्यालेसका दिनेश श्रेष्ठले कार्यक्रम र सम्मानको उपादेयताबारे प्रकाश पारेका थिए भने सम्मानित अभिनेत्री अशिष्माले यो सम्मानबाट आफुलाई थप हौसला मिलेको भन्दै आगामी दिनमा पनि आफ्नो सक्रियता नेपाल भाषाको फिल्ममा रहने बताईन् ।