आफु अभिनित फिल्मको प्रचारमा नजुट्ने नेपाली कलाकारको नयाँ बानी हैन । कलाकारलाई फिल्मको प्रचारमा जुटाउन नेपाली निर्माता निर्देशकले मज्जैले पापड पेल्नु पर्छ । प्रचारमा नहिंड्दा असर कस्तो पर्छ ? भन्ने नेपाली कलाकार फिल्म खेलेर प्रचारमा नजुट्ने कलाकारमा अभिनेत्री श्वेता भट्टराई पनि सामेल हुन आएकी छिन् ।
फिल्म ‘ब्ल्याकमेल’बाट चिनिएकी श्वेता अभिनित पछिल्लो फिल्म ‘प्रोड्यूसर’ यही माघ १७ गते प्रदर्शनको पर्खाइमा छ । तर, श्वेता यतिखेर गृहनगर कास्कीमा छिन् । फिल्म ‘रिदम’मा देखिएकी श्वेता भट्टराई प्रचारमा जुट्ने वचन दिएर ‘प्रोड्यूसर’मा अनुबन्धित भएकी थिइन् । तर, फिल्म प्रदर्शनतको मिति नजिकिदै गर्दा समेत हिरोइन सम्पर्क बाहिर हुँदा निर्माण युनिट टेन्सनमा छ ।
जनकदीप पराजुली निर्देशित फिल्म 'प्रोड्यूसर'ले देश तथा विदेशमा च्यारेटी गरिरहेको छ । राजकुमार राई र ज्योतीराज राई निर्मित फिल्ममा विल्सन विक्रम राई, बाबु बोगटी, श्याम अर्याल, श्याम राई, पायल रायमाझी मुख्य भूमिकामा छन् ।

