Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

डिभी परेर अमेरिका उडे `स्टार` निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2014/01/16

अमेरिका बस्ने फिल्मकर्मीमा निर्देशक महेन्द्र बुढाथोकी थपिएका छन् । डिभी परेर निर्देशक बुढाथोकी गत साता सपरिवार अमेरिका उडेका हुन् ।

 

 

बुढाथोकी निर्देशित फिल्म ‘स्टार’ पछिल्लो पटक प्रदर्शनमा आएको थियो । निर्देशक बुढाथोकी मात्रै हैन नेपाली फिल्मका दर्जन बढी कलाकारले अमेरिकालाई वासस्थान बनाउँदै आएका छन् । एक समयका चर्चित अभिनेत्री गौरी मल्ल, जल शाह, साराङ्गा श्रेष्ठ तथा अभिनेता सरोज खनाल, रमेश उप्रेती अमेरिका बस्दै आएको धेरै बर्ष भैसकेको छ । त्यस्तै सज्जा मैनाली, युना उप्रेती, रञ्जना शर्मा केही वर्षदेखी अमेरिकामा छन् ।

 

अभिनेत्री ऋचा घिमिरे, निर्देशक पती शंकर घिमिरे र एक छोरा फिल्म ‘तुलसी’ प्रदर्शन गर्ने बाहानामा हाल अमेरिकामा छन् । नेपाली फिल्मका अन्य कलाकार पनि अमेरिका उड्ने तयारीमा रहेको बुझिएको छ । नेपाली दर्शकको माया, फिल्मबाट कमाएको आम्दानीलाई छोडेर फिल्मकर्मी किन अमेरिका उड्छन् ? आफ्नो देशमा असुरक्षित महसुश गर्नेले अरुको देशमा कसरी सुरक्षित महसुश गर्छन् ?