Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

`राहदानी`लाई `यू`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/15

फिल्म ‘राहदानी’ लाई चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले विश्वव्यापी ‘युनिभर्सल’ प्रमाण पत्र प्रदान गरेको छ । सञ्चारकर्मी डब्बु क्षेत्रीको डेव्यु निर्देशन रहेको यस फिल्मलाई विश्वका जुनसुकै मुलुकका सबै उमेर समुहका दर्शकले हेर्न सक्नेछन् ।

 

‘राहदानी’ मा समावेश गाली गलौजका संवाद सहित केहि अन्य संवादमा भने कैंची चलाईएको निर्देशक क्षेत्रीले फिल्मीखबरलाई बताए । वैदेशिक रोजगार र त्यहाँ नेपालीले भोग्नु पर्ने पिडालाई मुख्य विषयवस्तु बनाइएको यस फिल्ममा दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतको अभिनय छ ।

 

काठमाडौं र मलेसियामा छायाँकन गरिएको यस फिल्मका छायाँकार रामशरण उप्रेती हुन् । ‘राहदानी’ मा रिमा विश्वकर्माले आइटम डान्समा कम्मर मर्काएकी छिन् । फिल्मका निर्माता लक्ष्मीप्रसाद ढकाल हुन् । यो फिल्मलाई चैत्र २८ मा रिलिज गर्ने बताईएको छ । फिल्मको रिलिज पूर्व देशका बिभिन्न स्थानमा च्यारिटी गर्ने निर्देशक क्षेत्रीले जानकारी गराए ।