Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

केकी र नीतामा को चल्यो ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/15

फिल्म बजार यतिखेर ‘छ एकान छ’ मय भएको छ । यस कमेडी फिल्मले हिन्दी ‘धुम थ्री’ पछि व्यापारमा उधुम मच्याइरहेको बजार रिपोर्ट छ । एकै मितिमा प्रद्रर्शन भएको प्रतिद्धन्दी फिल्म ‘बितेका पल’ ले पनि सन्तोषको व्यापार गरिरहेको निर्माण युनिटको दाबी छ ।

 

 

कमेडी र लभ स्टोरी फिल्मको व्यापारसँगै दुई अभिनेत्री केकी अधिकारी र नीता ढुङगानालाई लिएर बजारमा अर्को चर्चा चल्दैछ । पछिल्लो पुस्तामा अभिनय क्षमता बोकेका केकी र नीता मध्ये को चल्यो ? बहसको विषय नभएपनि जम्का भेटमा गफ गर्ने मेलो भने बनेको छ । यद्पी रजतपटमा फिल्म हिट र फल्पले कलाकार कुनै असर गरेको भने देखिदैन ।

 

फिल्मको व्यापारलाई आधार मान्ने हो भने ‘छ एकान छ’ को व्यापार माथि रहेकाले केकी नभएर नीता चलिन् । तर, अभिनयलाई आधार बनाउनेहरु भने नीता नभएर केकी चलेको प्रतिक्रिया दिन्छन् । भन्नेहरु भन्छन्- ‘नीताको तुलनामा केकीको अभिनय उत्कृष्ट छ ।’ अर्कोतर्फ 'छ एकान छ'मा नीता चलेकी हैनन्, तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकार र आक्रमक प्रचार प्रसार चलेको भन्नेको पनि कमी छैन ।

 

केकीले अभिनयको तारिफ पाएको ‘महसुश’ फिल्म पनि व्यापारिक रुपमा सफल हुन सकेको थिएन । केकीको अभिनय चल्यो, फिल्म चलेन । नीताको अभिनय भन्दा फिल्म चल्यो । त्यसैले को चल्यो ? केकी कि नीता ? छुट्याउने जिम्मा फिल्म हेर्ने दर्शकलाई नै ।