Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.12/5.00)
Text size:-
+
-

माघी मनाउन राउटे बस्तीमा रेखा

फिल्मीखबर, काठमाण्डौ, 2014/01/15

अभिनेत्री रेखा थापाले सुर्खेतमा रहेका राउटे समुदायसँग माघी मनाएकी छिन् । ‘रेखा थापा फाउन्डेशन’ मार्फत खसी र खाद्यन्न कोसेली लिएर अध्यक्ष थापा त्यहाँ पुगेकी हुन् । राउटेसँग माघी मनाएर रेखा भोली काठमाडौं फर्कने छिन् ।

 

 

 

 

अध्यक्ष थापाले फाउन्डेशन मार्फत २५,२५ केजीका ३ वटा खसी र ५२ बोरा चामल राउटे बस्तीलाई प्रदान गरेको जानकारी दिइन् । रेखाले भनिन्- ‘मुखिया मिन बहादुर शाहीको निमन्त्रणामा कोशेली बोकेर राउटे बस्ती आएकी हुँ । उहाँहरुले मलाई छोरी मान्नुभयो । राउटे समुदायसँग माघी मनाउन पाउँदा अत्यन्त खुसी छु ।’

 

गत महिना रेखाले राउटे बस्तीमा पुगेर खाद्यन्न बाँड्नुका साथै डढेलधुराबाट चार राउटेका बच्चालाई राजधानी ल्याएकी छिन् । ती चार राउटे बच्चाहरु हाल ‘रेखा थापा फाउन्डेशन’ मार्फत स्वयम्भूको आनान्दकुटी आवसीय विद्यालयमा अध्ययनरत छन् । राउटे बस्तीबाट अन्य केटाकेटी ल्याउने योजनामा रहेकी रेखा ‘हिम्मतवाली’ फिल्म निर्माणको तयारीमा छिन् । फिल्मका निर्देशक श्याम भट्टराई हुन् ।