Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

शिवरात्री नआउँदै `झोले`ले गाए `बम बम भोले`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/15

शिवरात्री नआउँदै कलाकार दायाहाङ राई, प्रियंका कार्की र ए.गुरुङले ‘बम बम भोले’ गीत गाएका छन् । डार्क कमेडी फिल्म ‘झोले’ का लागि उनीहरुले उक्त गीत गाएका हुन् । माघे संक्रान्तीको अवसर पारेर ‘झोले’ युनिटले ‘बम बम भोले’ गीत सार्वजनिक गरिएको हो ।

 

 

सार्वजनिक गरिएको ‘बम बम भोले’ गीतमा स्वर तथा संगीत अनुपम शर्माको छ भने शब्द अभिनेता दयाहाङकै रहेको छ । उक्त गीतको करियोग्राफी निलु डोल्मा शेर्पाले गरेकी हुन् । फिल्मको अर्को गीत ‘तिमी नै मेरो’ मा हरि लम्सालको संगीत छ । दिपेन्द्र खनाल निर्देशित 'झोले' फिल्म फागुन ९ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्मलाई टेकेन खड्काले लगानी गरेका हुन् ।

 

सार्वजनिक गरिएको ‘झोले’ को दोस्रो ट्रेलर यतिखेर दर्शक माझ हिट भैरहेको छ । यस ट्रेलरले दर्शकलाई हलसम्म तान्ने विश्वास छ । सार्वजनिक गरिएको 'बम बम भोले...' गीतले दर्शकलाई कत्तिको आकर्षण गर्छ ? प्रतिक्षा गर्रौ ।