आगामी माघ २४ गते रिलिज हुन लागेको फिल्म 'मोक्ष'को रोमाण्टिक गीत रिलिज गरिएको छ । फिल्मको अफिसियल फेसबुक पेजबाट आउट गरिएको उक्त गीतमा कोशिस क्षेत्री र बेनिशा हमालको प्रेमलाई देखाईएको छ ।
मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको यो फिल्मलाई प्रविन श्रेष्ठले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा संजिव सिंहको संगीत तथा स्वर रहेको छ भने योगेन्द्रमणी दाहालको शब्द रहेको छ । साँगीतिक व्याण्डको कथा भन्ने यो फिल्मका निर्माता सुनिल मानन्धर हुन् ।

