दर्शकहरुको सहजतालाई मध्यनजर गर्दै ओ म्याक्स हल हेटौंडाले टिकटदरमा हेरफेर गरेको छ । शुक्रबार, शनिबार र आईतबारका दिन प्लाटिनम, गोल्ड र सिल्भर गरी तीन चरणको सिट बर्गीकरणलाई हटाएर माघ १ गतेदेखि लागू हुनेगरी हलले एउटै स्तरमा प्रति टिकट दर रू १५० कायम गरेको छ ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर हलले आफ्ना दर्शकहरुको लागी एउटै टिकट दर कायम गर्न लागेको हल संचालक नरेन्द्र महर्जनले बताए । यससँगै हलले हरेक साताको बुधबार एक दिन प्रति टिकटदर रू १०० र शनिबार पचास प्रतिशत छुटमा रू ७५ लागु गरेको छ । यसअघि उक्त हलमा फिल्म हेर्न प्लाटिनम, गोल्ड र सिल्भरका लागि क्रमश: रू २५०, २०० र १५० तिर्नु पर्थ्यो ।
पारिवारिक वातावरणमा स्तरिय फिल्म हेर्न पाईने मोफसलमा रहेको एक मात्र यो सुबिधा सम्पन्न हलमा चार सय पन्ध्र सिट क्षमता रहेको छ । सम्पूर्ण डिजिलटल सिस्टममा निर्माण भएको ओ म्याक्स हलमा कम्प्युटरबाट टिकट सिस्टम, इन्टरनेटबाट टिकट बुकिङ गर्ने लगायतका सुविधा बनाईएको संचालक महर्जनले बताए । यस्तै उनले फिल्मको खस्कदो मार्केट र दर्शकको अवस्थालाई ध्यानमा राखेर सस्तो मूल्यमा स्तरिय फिल्म हेर्ने व्यवस्था गरेको समेत बताए ।

