Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

करको डरले नाफाबारे बोल्दैनन् निर्माता !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/14

फिल्म चल्नु मात्रै पर्छ, नेपाली निर्माताको गफ सुन्न समय नै छुट्याउनु पर्छ । फिल्मको व्यापार भयंकरै भयो भन्न उनीहरु पछि पर्दैनन् । तर, फिल्मको वास्तविक कमाई कति भयो ? यसको हिसाब सार्वजनिक गर्न भने उनीहरु डराउँछन् ।

 

फिल्मको व्यापार बारे बताउने बक्स अफिस प्रणालीको मुद्धा सर्वोच्च अदालतमा पुगेर थन्किएको छ । फिल्मले कमाएको नाफा बारे किन बोल्दैनन् निर्माता ? नाफाको १५ प्रतिशत सरकारलाई कर स्वरुप बुझाउनु पर्ने हुनाले कुनै पनि निर्माताले फिल्मले कमाएको नाफाको हिसाब सार्वजनिक गर्न चाहदैनन् ।

 

कर कार्यालयले समाउने डरले फिल्मको वास्तविक नाफा सार्वजनिक गर्न डराउने एक निर्माताले बताए । उनले भने- ‘नाफा कमाउने नेपाली फिल्म न्यून छन् । कमाएको फिल्मका निर्माताले पनि नाफाको हिसाब करले समाउने डरले सार्वजनिक गर्दैनन् ।’