Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.40/5.00)
Text size:-
+
-

नम्रता श्रेष्ठको प्रश्न `अवार्ड कति इमान्दार ?`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/14

बलिउड अभिनेता आमिर खानले केही बर्षदेखि फिल्म सम्बन्धि आयोजना हुने विशेषगरी अवार्ड कार्यक्रमा आफ्नो उपस्थितिलाई इन्कार गर्दै आइरहेका छन् । नेपाली अभिनेत्री नम्रता श्रेष्ठ पनि अवार्ड सम्बन्धि हुने कुनै पनि कार्यक्रममा सहभागी भएको पाइएको छैन ।

 

आमिर खानलाई पछ्याउनु भएको हो ? भन्ने प्रश्नको जवाफ फिल्मीखबरलाई नम्रताले दिएकी छिन् । आफु अभिनित फिल्म ‘नोभेम्वर रेन’ को फस्टलुक प्रस्तुत गर्न यही जनवरी ३१ तारिखमा मलेसियामा हुने नेफ्टा अवार्डका लागी मलेसिया जाने तयारीमा रहेकी नम्रताले अवार्डको उत्कृष्टता माथि नै प्रश्न उठाइन् । नम्रताले भनिन्- ‘अवार्ड कत्तिको इमान्दार हुन्छ भन्ने हो । मलाई अवार्डमा विश्वास लाग्दैन ।’

 

फिल्मी अवार्डका कार्यक्रममा आफुलाई सहभागी हुन ईच्छा नलाग्ने बताउँदै नम्रताले थपिन्- ‘म मनैदेखि दर्शकका लागि काम गर्छु । मेरा लागि दर्शकको प्रतिक्रिया नै महत्वपुर्ण हुन्छ । तर आमिर खान जस्तो बन्न खोजेको भने हैन ।’ अवार्ड निश्पक्ष नहुने 'ट्रेण्ड' पहिल्यैदेखि रहेको तर्क गर्दै नम्रताले यस्तो 'ट्रेण्ड'लाई परिवर्तन गर्न नसकिने समेत बताइन् । उनले भनिन्- ‘म एक्लैले परिवर्तन गर्न सक्तिन तर म कार्यक्रममा नजान चाहि सक्छु ।’

 

मलेसियाको नेफ्टा अवार्डमा चाहि किन ? भन्ने प्रश्नमा नम्रताको उत्तर छ- ‘फिल्म 'नोभेम्वर रेन'को प्रचारको लागि मात्रै जान लागेको हुँ ।’ नम्रताले नेफ्टा अवार्डमा नाच्ने कुरालाई सिधैं नकारिन् । उनले भनिन्- 'म अवार्डमा नाच्न जाने हैन । हाम्रो काम 'नोभेम्वर रेन'को फस्टलुक लञ्च गर्नु मात्रै हो ।’ नम्रता अभिनित ‘नोभेम्वर रेन’ का निर्माता सुवास गिरी नेफ्टा अवार्डका प्रायोजक मध्ये एक हुन् ।

 

हालसम्म सम्पन्न अवार्डमा उत्कृष्ट अभिनेत्रीको प्रतिस्पर्धामा परेपनि नम्रताले ट्रफी भने उचालेकी छैनन् । नम्रताको यस प्रकारको अभिव्यक्ती आफुले अवार्ड नपाएको रोष त हैन ? उनै जानुन् ।