Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 2.75/5.00)
Text size:-
+
-

चैतमा `सर्ट फिल्म फेस्टा`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/12

सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नहुनुले सम्बन्धित फिल्म मेकरहरु निराश भइरहेको अवस्थामा सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित गर्न र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् भन्नका लागि छायाँछबि क्रियसनले दोस्रो संस्करणको 'काठमाडौं सर्ट फिल्म फेष्टा - ०१४' आयोजना गर्न लागेको छ ।

 

नेपाली फिल्मकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका पनि यस्ता फिल्मले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनुपर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

 

‘सर्ट फिल्म फेस्टा’ आगामी चैत्रमा आयोजना गरिने आईतवार जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । उक्त फेस्टामा छोटा फिल्म प्रदर्शनका साथै फिल्म सम्बन्धी कार्यशाला, अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने छ । यो फेस्टामा बृत्तचित्र, फिल्म, कार्टुन/एनिमेशन फिल्मले भाग लिन पाउने छन् । सम्बन्धित फिल्मको लम्बाई भने २ मिनेटदेखि ४५ मिनेट भित्रको हुनु पर्ने प्रेस विज्ञप्तीमा जनाईएको छ ।

 

फेस्टामा सहभागी हुनका लागि छायाँछबिको कार्यालय डिल्लीबजारमा फागुन २० सम्म लघू फिल्म दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । जुनसुकै बिधा र शैलीका फिल्मले पनि फेस्टामा भाग लिन पाउने छन् । सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहित विभिन्न विधामा नगद सहित अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।