दोस्ती लुक्ला तर दुश्मनी लुक्दैन । नेपाली फिल्म क्षेत्रमा पनि लुक्ने दोस्ती र देखिने दुश्मनी प्रशस्तै भटिन्छन् । जुन सुन्दा अपत्यारिलो लाग्न सक्छ । रजतपटका कलाकर्मीबिच दोस्ती क्षणिक भएपनि दुश्मनीको अवधी भने लामै रहेको पाइन्छ ।
फिल्मकर्मी निर शाह र अशोक शर्माबिचको दुश्मनी फिल्मनगरीमा एक समय हेर्न लायक थियो । शाह र शर्मा धेरै वर्षसम्म एक अर्कासँग बोलेनन् । उनीहरु किन बोलेनन् ? अझै रहस्यमय छ । डिसीएन प्रमुख समेत रहेका शर्मा र निर्माता संघका अध्यक्ष राजकुमार राईबिच दुश्मनी चलचित्र निर्माता संघको अध्यक्षको कुर्सीले उत्पन्न गरायो । निर्माता संघका वर्तमान अध्यक्ष राईले संघलाई दुई टुक्रा पारिदिए ।
संघसँगै बिचमा एक भएका शर्मा र राई पछिल्लो अध्यक्ष पदको चुनावी मैदानमा उत्रिए । शर्माले हारे, राईले पुनः जिते । संघको कुर्सीले गर्दा शर्मा र राईबिच मन मिल्न सकेको छैन । दुश्मनी साँध्न रजतपटका कलाकार पनि पछि छैनन् । अभिनेता भुनव केसी र राजेश हमाल एकअर्काका कट्टर दुश्मनी हैनन् । तर, एक अर्काको अस्तित्व स्विकार गर्न नसक्दा भुवन र राजेशबिच दुश्मनी रहेको धेरैले भन्ने गर्छन् । राजेश हमाललाई महानायक भनेको मन पर्दैन । केही समय अघि भएको एक कार्यक्रममा भुवन मुखै खोलेर महानायक कसलाई भन्ने ?
अभिनेत्री कृष्टि मैनालीसँग पनि अभिनेता राजेश हमालको नमिठो सम्बन्ध बारे पनि फिल्म नगरीमा एक समय खुबै चर्चा हुन्थ्यो । अभिनेत्रीद्धय जल शाह र निरूता सिंहबिच व्यवसायिक प्रतिस्पर्धाले दुश्मनी जन्माइदियो । यी को अगाडी ? भन्ने प्रतिस्पर्धाले यी दुई बिच दुश्मनी रहेको फिल्मकर्मी बताउँछन् ।
जतिबेला अभिनेता निखिल उप्रेती र रेखा थापाको जोडी हिट थियो, त्यसैबेला निखिल र रेखाको दुश्मनीले पनि हिट खायो । ब्याक टु ब्याक हिट फिल्म दिइरहेका निखिल र रेखा ‘इगो प्रोब्लम’ ले गर्दा एउटै फिल्ममा काम गर्न समेत छोडे । रेखाले ७ जुनीमा पनि निखिलसँग फिल्म खेल्दिन भनिदिइन् । रेखालाई पछार्न भन्दै निखिल अन्य हिरोइनलाई सिफारिस गर्दै हिंडे ।
नेपाली फिल्ममा हाल सक्रिय नरहेका अभिनेता रमित ढुङ्गाना र अभिनेत्री उषा पौडेल पनि एक आपसमा बोल्दैनन् । यी दुई बिच के कारणले दुश्मनी साँधियो ? चुरो कुराको गाँठो फुकेको छैन । यि त प्रत्यक्ष देखिएका प्रतिनिधि पात्र मात्र हुन् । फिल्म क्षेत्रमा 'इगो प्रोब्लम' र दुश्मनी बोकेर हिंडेका दर्जनौं फिल्मकर्मी छन् ।

