Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सकियो आर्यन र शिल्पाको `लज्जा`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/11

अभिनेता आर्यन सिग्देल र नव अभिनेत्री शिल्पा पोखरेलको प्रेमकथालाई प्रस्तुत गरिएको फिल्म 'लज्जा'को सुटिङ सकिएको छ । ३८ औं दिनमा आज शनिबार फिल्मको सुटिङ सकिएको निर्माता छबिराज ओझाले जानकारी गराए ।

 

नवल नेपालले निर्देशन गरेको 'लज्जा' फिल्मलाई काठमाण्डौ आसपासमा नै खिचेर सकिएको निर्माता ओझाको भनाई छ । निर्देशक नेपालकै पटकथा रहेको फिल्म 'लज्जा'मा चेतन सापकोटाको संगीत, चन्द्र पन्तको द्धन्दनिर्देशन र मदन कास्यप घिमिरेको छायाँकन छ ।

 

सुटिङ गर्नुपूर्व नेपाली नयाँ बर्षको अवसर पारेर चैत्र २८ गते 'लज्जा' रिलिज गर्ने बताएका छबिले अब भने उक्त मितीमा फिल्म रिलिज नगर्ने बुझिएको छ । छबिले नेपाली नयाँ बर्षमा आफ्नो फिल्म रिलिज गर्दै आएका थिए ।