दुर्व्यसनीमा फसेका युवाको कथा बोकेको फिल्म ‘सायद’ चल्दाताका कलाकार विल्सन विक्रम राई निकै चर्चामा आए । फिल्ममा उनले गरेको जीवन्त अभिनय र उनले डेलिभरी गरेको डायलगले विल्सनलाई चर्चा दिलायो ।

हाल तक्मे बुढाको पात्रले चर्चित भएका विल्सनसँगै उनले लगाएको चस्माको त्यो बेला चर्चा भयो जुनबेला फिल्म 'रिदम' प्रदर्शनमा आयो । चस्माको पनि चर्चा ! विल्सनले लगाउने चस्मा फरक थियो । त्यसैले चर्चा हुन्थ्यो । के फरक थियो ? विल्सनले लगाउने चस्माको ग्लास थिएन, फ्रेम मात्रै थियो । त्यसैले विल्सनले लगाउने चस्माको चर्चा हुन्थ्यो ।
'रिदम' प्रोमोशन ताका र इभेन्टमा विल्सनले आफ्नो चस्माको बखान गर्न छोड्दैन्थे । विल्सनले व्यङ्ग्य गर्दै भन्थें- ‘जस्तो मेरो देश त्यस्तै मेरो चस्मा ।’ देशप्रेमको भावना बोकेको फिल्म 'रिदम'मा विल्सनले आफूले लगाएको चस्माले वर्तमान देशको अवस्थालाई झल्काएको बताएका थिए ।
.jpg)
विल्सन हिजोआज चस्माको न चर्चा गर्छन् न लगाउँछन् । लगाउनै परेपनि ग्लास भएको चस्मा लगाउँछन् । गत साता एक इभेन्टमा भेटिएका विल्सन चस्मा विहिन भेटिए । किन चस्मा नलगाएको ? विल्सनले भने- ‘खै कता पुगेछ !’ आफ्नो चस्मालाई देशको परिस्थितिसँग दाँजेर हेर्ने विल्सनको चस्मा जस्तै देश पनि हराएको हो त ?

