माघ २४ गते काठमाडौं तथा मोफसलका पर्दामा प्रदर्शन हुने फिल्म ‘मोक्ष’ प्रचारप्रसारका लागि मैदानमा ओर्लिएको छ । सांगीतिक ब्यान्ड संघर्षको कथा बोकेको फिल्मले आफ्नो प्रचारमा नयाँ शैली थपेको छ ।
निर्देशक प्रविन श्रेष्ठका अनुसार ‘मोक्ष’ मा समावेश ‘खुला आकाशमा’ गीत गाउने उत्कृष्ट एकले फिल्म युनिटसँग डिनर र फिल्म हेर्ने अवसर प्राप्त गर्नेछ । यो सुनौलो अवसरका लागी ‘खुला आकाशमा’ आफुले गाएको गीतको अडियो तथा भिडियो 'मोक्ष' फिल्मको अफिसियल फेसबुक पेज (mokshyathefilm) या फिल्मीखबर डटकमको अफिसियल फेसबुक पेज अथवा इमेलमा पठाउन सकिनेछ । प्राप्त अडियो तथा भिडियो मध्येबाट उत्कृष्ट एकजना चयन गरिनेछ ।
गीतको अडियो तथा भिडियो फिल्म रिलिज हुने मितिको अघिल्लो दिन माघ २० गतेसम्ममा पठाउन सकिनेछ । सुनिल मानन्धरले निर्माण गरेको ‘मोक्ष’ फिल्ममा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, दुर्गा बराईली, सपना श्रेष्ठको मुख्य भूमिका छ । फिल्म ‘मोक्ष’ मेरुदण्ड पक्षघात भएका निर्देशक प्रविन श्रेष्ठको सांगीतिक जीवनकथामा आधारित छ ।
फिल्मीखबरले फिल्म 'मोक्ष'को साप्ताहिक क्विज कन्टेस्ट समेत शुरू गरेको छ । हरेक साता फिल्मसँग सम्बन्धित सोधिने प्रश्नको सहि उत्तर पठाउने मध्ये ५ जनालाई फिल्मको अडियो सिडी तथा टिकट उपलब्ध गराईने छ । यस्तै फिल्म रिलिजको पूर्व सन्ध्यामा बम्पर उपहार स्वरूप आकर्षक गिप्ट ह्याम्पर समेत प्रदान गरिने छ । क्विज कन्टेस्टमा सहभागी हुन फिल्मीखबरको अफिसियल पेज (https://www.facebook.com/filmykhabar1)मा जान सकिन्छ ।

