हप्तैपिच्छे फिल्म प्रदर्शन गर्ने फिल्म घरले आवश्यक पूर्वाधार कत्तिको पूरा गरेका छन् ? हलको सिट, शौचालय, पार्किङ, सरसफाई लगायतका पूर्वाधार पूरा नगर्ने हलको नियमित नविकरण प्रक्रियालाई नेपाल चलचित्र विकास वोर्डले रोक्का गर्नेछ ।
.jpg)
हलको आवश्यक पूर्वाधार पूरा नगरे विकास वोर्डले आवश्यक कारबाही समेत गर्ने विकास वोर्ड प्रवत्ता अनुपम निर्रौलाले बताए । जमलमा रहेको विश्वज्योती हलको नियमित नविकरण प्रक्रियालाई रोक्का गरी विकास वोर्डले १५ दिनसम्म आवश्यक पूर्वाधार पूरा गर्न पत्र नै काटेको छ ।
उक्त अवधीमा आवश्यक पूर्वाधार पूरा नगरे के हुन्छ ? प्रवत्ता निर्रौलाले भने- ‘कारबाही भन्दा पनि हामी हलको पूर्वाधार पूरा हुनेमा विश्वस्त छौं ।’ उनले पुस २५ गते विश्वज्योती हललाई पत्र काटिएको बताए ।
यता विश्वज्योती हल सञ्चालक मोहन सराफले भने आफूलाई यो बिषयमा जानकारी नभएको बताए । उनले भने- 'प्रशासनलाई जानकारी हुन्छ ।' प्रशासन पनि यो बिषयमा बोल्न चाहेन ।

