Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

`आईटम गर्ल`को खोजीमा निश्चल बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2014/01/10

पहिलो 'लुट' फिल्मबाटै चर्चा र सफलता पाएका निर्देशक निश्चल बस्नेत दोस्रो प्रोजेक्ट 'टलकजंग भर्सेस टुल्के'का लागि 'आईटम गर्ल'को खोजीमा छन् । फिल्मीखबरलाई दिईएको जानकारी अनुसार फिल्मको एक आईटम गीतमा कम्मर मर्काउने आकर्षण युवतीको खोजी भईरहेको छ ।

 

'नाच न मैंया नाच न' नाम दिएर 'आईटम गर्ल'को लागि अडिसन खुल्ला गरिएको फिल्मका निर्माता रबिन्द्र सिंह बाँनियाले फिल्मीखबरलाई जानकारी गराए । सिमित समय रहेको भन्दै निर्माता बाँनियाले इच्छुकले छिटो भन्दा छिटो फोटो सहित सम्पर्क गर्न आग्रह गरेका छन् ।

 

डार्क कमेडी फिल्म 'टलकजंग भर्सेस टुल्के' यहि चैत्र २८ गते रिलिज हुने बताईएको छ । शुशांक मैनाली, ऋचा शर्मा, दयाह्याङ राई, खगेन्द्र लामिछाने, रविन्द्र वाँनिया लगाएतको अभिनय रहेको फिल्मलाई निर्देशक बस्नेतकै ब्ल्याक हर्स पिक्चर्स्  र षट्कोण आर्ट्सको संयुक्त प्रस्तुतीमा निर्माण गरिएको हो ।

 

एक नेपाली सोझो गाउँले युवाले आफ्नो गुमेको पहिचाहन खोज्न गरेको संघर्षको कथा र उसले समाजलाई हेर्ने दृष्टिकोणलाई हाँस्य रसमा देखाउन खोजिएको फिल्म 'टलकजंग भर्सेस टुल्के'को पटकथा खगेन्द्र लामिछानेले तयार पारेका हुन् ।