बिहिबार मकवानपुरको हेटौंडा बजारस्थित ओम चलचित्र मन्दिरमा देखिएका दर्शक अरूबेलाका भन्दा केहि फरक देखिन्थे । सधैंजसो हलमा देखिने भन्दा फरक दर्शकको उपस्थिती किन ? त्यहाँ अरू कुनै समारोह नभएर फिल्म 'प्रोड्यूसर' हेर्नेको लाईन थियो ।
.jpg)
चलचित्र पत्रकार संघ मकवानपुर शाखा र रिपोर्टस क्लब मकवानपु्रको संयुक्त आयोजनामा सम्पन्न 'प्रोड्यूसर' फिल्मको च्यारिटीमा उपस्थित दर्शकले फिल्मलाई रूचाएको पाईयो । ओम हलका सञ्चालक तथा वितरक नरेन्द्र महर्जनका अनुसार कहिल्लै नदेखिएका दर्शक पनि फिल्म हेर्न आएर खुसी भई फर्के । फिल्म बनाउने निर्माताको कथाव्यथा भित्र समाबेश हाँस्यव्यङग्यलाई दर्शकले रूचाएको नरेन्द्रले बताए ।
फिल्म क्षेत्रमा स्थापित हुन संघर्षरत तीन युवायुवती र फिल्म निर्माणमा लाग्ने निर्माताहरुको समस्याहरुका बारेमा गहन ढंगबाट प्रस्तुत गरिएको यो फिल्ममा केही दृष्य भएपनि राष्ट्रियता झल्काएकोमा हेटौंडेली दर्शकहरुले खुसी ब्यक्क्त गरे । च्यारेटीका लागि हेटौंडा पुगेका फिल्मका अभिनेता श्याम अर्याल दर्शकहरुसँग बसेर फिल्म हेरेपश्चात दर्शकहरुबाट पाएको अपार मायाले अझ अगाडी बढ्ने प्रेरणा मिलेको बताए ।
चलचित्र पत्रकार संघले हरेक बर्ष जेष्ठ ७ गते प्रदान गर्दै आएको चलचित्र पत्रकारिता पुरस्कार र रिपोर्टस कलबले स्थापना गरेको शहिद बाशुदेब स्मृती पत्रकारिता पुरस्कारको कोष स्थापनाकालागि यो च्यारेटीको आयोजना गरिएको संयोजक सविन न्यौपानेले बताए । च्यारिटी प्रदर्शन पश्चात सञ्चारकर्मीहरूसँग फिल्मको बारेमा अर्न्तक्रिया पनि गरिएको थियो ।

