आउँदो जनवरी ३१ तारिखका दिन मलेसियामा हुन लागेको छैठौं नेफ्टा अवार्ड समारोहमा 'नोभेम्बर रेन' फिल्मको फस्टलुक रिलिज सहित मुख्य दुई पात्र आर्यन सिग्देल र नम्रता श्रेष्ठको बिशेष प्रस्तुती रहने भएको छ । नेफ्टा अवार्डको तयारीका लागि आजै मलेसिया जान लागेका निर्माता सुवास गिरीले फिल्मीखबरलाई दिएको जानकारी अनुसार अवार्ड समारोहमा आर्यन र नम्रताले आकर्षक डान्स गर्नेछन् ।

आर्यन र नम्रताले बिदेशमा हुने साँस्क्रितिक कार्यक्रममा भाग नलिने गरेकाले पनि यि दुईको डान्स अवार्डको आकर्षण मध्यको एक हुने निर्माता गिरीले विश्वास व्यक्त गरे । आगामी चैत्र १४ गते सार्वजनिक प्रदर्शन हुन लागेको प्रेमकथानक फिल्म 'नोभेम्बर रेन'लाई दिनेश राउतले निर्देशन गरेका हुन् । आर्यन सिग्देल र सुवासको संयुक्त लगानी रहेको यो फिल्ममा आर्यन र नम्रताको साथमा छुल्ठिम गुरूङको पनि मुख्य अभिनय छ ।

फिल्मको प्रचारप्रसारलाई सुस्त गतिमा अगाडी बढाउँदै निर्माण युनिटले फिल्मीखबर मार्फत अडियो गीत रिलिज गरेको छ । ताराप्रकाश लिम्बुको संगीत तथा निर्देशक राउतको शब्दमा रजिना रिमाल र युवराज चौलागाईंले स्वर दिएको फिल्म 'नोभेम्बर रेन'को गीत सुन्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

