Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

बितेका पल हिरो भन्छन्, `अबको गन्तव्य अभिनय`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/09
पुस २६ बाट अल नेपाल प्रदर्शन हुँदै गरेको फिल्म ‘बितेका पल’बाट रजतपटमा एउटा नयाँ अनुहारको प्रवेश हुँदैछ, दार्जीलिङका ठिटो अबिनाश गुरुङ । दुई साता अघि विग मुभिजको प्रिमियरमा सहभागी फिल्मकर्मी तथा सञ्चाकर्मीले अबिनाशको अभिनयको प्रशंशा मात्रै गरेनन्, अबिनाश नेपाली फिल्मका लागी सम्भावना बोकेका कलाकारका रुपमा समेत हेरिए ।
 
दार्जीलिङकालाई 'कि कालले लान्छ, कि नेपालले' भन्ने भन्ने उखान अभिनाशमा लागु भएको छ । दार्जीलिङ, सिक्किम सहित पश्चिम बंगालका थुप्रै स्थानबाट नेपालले राम्रा कलाकार तथा फिल्मकर्मी पाएको छ । यहि क्रममा अबिनाशले पनि नेपाली फिल्मप्रतिको मोह देखाएका छन् ।
 
राजनीति 'व्याकग्राउण्ड'का अभिनाश यतिबेला आफूले अभिनय गरेको फिल्मले पाउने प्रतिक्रियाको प्रतिक्षामा छन् । दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनका अगुवा विमल गुरुङका छोरा अबिनाशले पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि अभिनयमा रुची राखे। 'बितेका पल' फिल्मले आफ्नो रूची पूरा गरिदएकोमा अबिनाश खुसी छन् । अबिनाश भन्छन्- 'प्रिमियरमा पाएको प्रतिक्रियाले अभिनयमा लाग्ने प्रेरणा मिलेको छ । अबको मेरो गन्तव्व अभिनयको हुनेछ ।’ 
 
अबिनाश आफ्नी आमा र टिकाटालो गरेकी प्रेमिकासँग दार्जीलिङदेखि फिल्मको प्रिमियरमा सहभागी हुन काठमाण्डौ आएका थिए । अबिनाशले ‘बितेका पल’को चर्चासँगै प्रान्तिय फिल्मका अफर आउन थालेको सुनाए । तर अबिनाश भने पाएसम्म नेपाली फिल्मलाई नै प्राथमिकता दिने बताउँछन् । आफ्नी आमाकै प्रेरणाले अभिनयमा लागेको बताए भने हुनेवाली जीवनसाथी प्रियाले पनि फिल्ममा सफलता दिलाउन आफ्नो साथ र सहयोग रहने बताईन् ।
 
प्रेम कहानीको कथा बोकेको फिल्म खेल्ने अवसर निर्माता राजेश घतानी र निर्देशक सुरज सुब्बा नाल्बोले जुराईदिएको अभिनाशले बताए । बितेका पलमा अभिनाश केकीको अपोजिटमा प्रस्तुत भएका छन् ।