अपाङ्गताहरूको सहयोगार्थ 'मोक्ष' फिल्मको च्यारिटी गरिने भएको छ । आगामी माघ ९ गते बिहिबारका दिन बिहान ८ बजे राजधानीको जयनेपाल हलमा फिल्मको च्यारिटी गरिनेछ ।

अपाङ्गता भएकाहरूको सहयोगार्थ स्थापना गरिएको सक्षम नेपालका लागि फिल्मको च्यारिटीबाट उठेको रकमको ६० % सहयोग स्वरूप छुट्याइने फिल्मका निर्देशक प्रबिन श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराए । प्रविन आफै संलग्न भएको उक्त संस्थाले 'अपाङ्गता' भन्ने शब्द नै हटाउने अभियान शुरू गरेको बताए । उनले भने- 'सामाजिक सोच, भौतिक संरचना तथा माया पाएका कोही पनि व्यक्ति असक्षम वा अपाङ्ग हुँदैन । हामीले 'अपाङ्गता'लाई हेर्ने सोचलाई परिवर्तन गर्न चाहन्छौं ।'
'स्पाईनल कर्ड इन्जुरी' (मेरुदण्ड पक्षघात) भएरपनि सपाङ्ग भन्दा सक्षम देखिएका हिव्लचियर प्रयोगकर्ता निर्देशक प्रबिनकै जीवनकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'मोक्ष' यहि माघ २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सुनिल मानन्धरले निर्माण गरेको यो फिल्ममा कोशिस क्षेत्री, बेनिशा हमाल, विक्रम सिंह, दिपेश भण्डारी, मनिष गोदार, वसन्त भट्ट, दुर्गा बराइली, सपना श्रेष्ठको मुख्य भूमिका छ ।

