Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.00/5.00)
Text size:-
+
-

छोपिएरै कसरी नाङ्गीइन् गरिमा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/09

कृष्ण धारावासीको झोला कृतिलाई आधार बनाउँदै निर्माण गरिएको फिल्म ‘झोला’ बाट अभिनेत्री गरिमा पन्तको प्रशंशा गर्माउँदो छ । यादव भट्टराई निर्देशित फिल्ममा गरिमा एक सय बर्ष पूरानो सती जाने प्रथाको महिलाको भूमिकामा प्रस्तुत भएकी छिन् ।

 

देशका विभिन्न शहरमा गरिएको च्यारेटीबाट अभिनेत्री पन्तले निभाएको भूमिकासँगै सिङ्गो फिल्मलाई ‘वाही वाही’ मिलिरहेको छ । ‘झोला’ युनिट यतिबेला दंग छ । सार्वजनिक प्रदर्शन मिति तोक्न बाँकी फिल्मको एक दृश्यमा अभिनेत्री गरिमा 'न्यूड' (नाङ्गै) भएकी छिन् । गरिमाको उक्त दृश्य भल्गर नलाग्ने फिल्म हेर्नेले प्रतिक्रिया दिएका छन् । रजतपटमा सोझी अभिनेत्रीको रुपमा परिचित गरिमा कसरी 'न्यूड' हुन राजी भइन् त ? 

 

गरिमाले 'न्यूड' भएको राज खोल्दै भनिन्- ‘फिल्म साइन गर्नु अघि निर्माता निर्देशकसँग यो सिनलाई लिएर निकै बहस भएको थियो । न्यूड सिनलाई 'सिम्वोलिक' तरिकाले खिच्ने सहमती भएपछि म फिल्म खेल्न राजी भएकी हुँ ।’ कस्तो 'सिम्वोलिक' ? गरिमाले भनिन्- ‘त्यो सिनका लागी ठ्याक्कै मेरो छालासँग मिल्ने कस्ट्युम बनाइएको थियो । मैंले त्यही कपडा लगाएर त्यो सिन गरेकी हुँ । हेर्दा 'नेकेड' जस्तो देखिएपनि मेरो शरीरबाट कपडा उत्रिएको थिएन ।’

 

'चिटिङ' गरेपनि फिल्ममा त तपाईं 'न्यूड' नै देखिनुहुन्छ नि ? भन्ने प्रश्नमा गरिमा भन्छिन्- ‘यो स्तरीय र गहन विषयको फिल्म भएकाले म 'चिटिङ' गरेर 'न्यूड सिन' दिन तयार भएकी हुँ । यस्तै जिज्ञासा आउला भनेर त्यो कपडा मैले सुरक्षित राखेको छु ।’ पात्रलाई  न्याय गर्न ‘झोला’ सुटिङपूर्व आफू धादिङको कात्तिके गाउँ पुगेको समेत गरिमाले बताइन् । उनले सम्झिइन्- ‘एक सय वर्ष पहिलेको बोली तथा रहनसहन उतार्न सजिलो थिएन । अनुसन्धानको क्रममा एक महिनासम्म नुहाउन पाइएन । दिनदिनै नुहाउनु पर्ने मान्छेलाई एक महिनासम्म ननुहाउँदा 'टर्चर' भएको थियो ।’