Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाईरेसी अनुगम हुँदै । दर्जनौं व्यक्ति पक्राउ

मणिराज गौतम, हेटौंडा, 2014/01/09

'प्रतिलिपी अधिकार अनुगमन तथा सचेतना २०७०' अर्न्तगत अभियान सञ्चालन गरिएको छ । प्रतिलिपी अधिकार संरक्षण केन्द्र नेपालको अगुवाइमा भैरहेको अभियान मेचीदेखि महाकालीसम्म गर्ने क्रममा हेटौंडामा पनि अनुगमन गरिएको छ ।

 

 

अभियान अर्न्तगत जो कोहीले पनि नेपाली गीतसंगीत तथा फिल्महरूको अनुमतीबिना कपी गरिएको पाइएमा त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याईने संरक्षण केन्द्रका अध्यक्ष बिजय बस्नेतले बताए । अभियानको क्रममा पूर्वको तेर्‍हथुमबाट अनुगमन सुरुवात गरेर मकवानपुरको हेटौंडासम्म आइपुग्दा अधिकांश मोबाइल पसलहरुबाट नियमको उल्लंघन गर्दै अनाधिकृत रूपमा नेपाली गीतसंगीत तथा फिल्महरूको कपी गरेको पाईएको बस्नेतले जानकारी गराए ।

 

अनुगमनको क्रममा तेर्‍हथुममा एक जना, सिराहामा एक जना, सुनसरीमा चार जना, बाराको सिमारामा चार जना र मकवानपुरको पालुंगामा चार जना र काठमाण्डौबाट पचहत्तर जनालाई नियम अनाधिकृत रूपमा नेपाली गीतसंगीत तथा फिल्महरूको कपी गरेको आरोपमा पक्राउ गरिएको अध्यक्ष बस्नेतले फिल्मीखबरलाई जानकारी दिए । पक्राउ परेका अधिकांश व्यक्तिहरूले नयाँ तथा पूराना नेपाली फिल्म र गीतहरू कपि गरेको प्रत्यक्ष भेटिएको उनले बताए । 

 

हेटौंडा बजारमा गरिएको अनुगमनबाट अधिकांश पसलहरुमा पाईरेसी गरेको भेटिएपनि यहाँको उधोगबाणिज्य संघ, मोबाइल एसोसियसन लगाएतका संस्थाहरुको जवाफदेहीतामा अबदेखि यस्तो कार्य नगर्ने सर्तमा एक पटकका लागि अन्तिम चेतावनी दिएर छोडिएको बताईएको छ । अनुगमनका क्रममा बिभिन्न राजनैतिक दलहरुबाट दबाब आईरहेपनि सुरक्षा निकायहरुको सहयोग पाएकोले आफुहरु लागेको अध्यक्ष बस्नेतले बताए ।

 

केन्द्रले अनुगमनलाई तिब्र पारिरहेको र कुनै पनिबेला छापाहान्न सकने बताउँदै दोश्रो चरण अर्न्तगत यस्तो गरेको पाइएमा फौजदारी मुद्धा अर्न्तगत पहिलो पटक गर्नेलाई दश हजारदेखि एक लाखसम्म जरिवाना छ र महिनादेखि एक बर्षसम्म जेल सजाए हुने तथा उल्लंघन गरेको घाटाको परिपूर्ती गर्ने जस्ता सजायहरु हुने कानुनी प्राबधान रहेको बताइएको छ । यसैगरी दोश्रो पटक पनि यस्तो कार्य गरेमा २० हजारदेखि दुई लाखसम्म र छ महिनादेखि एक बर्ष जेल सजाय दुबै हुने र घाटा  परिपूर्ती गर्ने बताइएको छ ।