Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

चोखो मायामा छल भएपछि...

फिल्मीखबर, काठमाण्डौ, 2014/01/08
निकै प्रतिक्षामा रहेको फिल्म 'बितेका पल'ले यतिबेला निर्माण युनिट, कलाकार सहित दर्शकको पनि ढुकढुकी बढाएको छ । निर्मातालाई फिल्मले कस्तो व्यापार गर्ला भन्ने चिन्ता एकातिर होला तर दर्शकलाई फिल्म कस्तो होला भने जिज्ञासाले सताएको हुनुपर्छ ।
 
दर्शकको बढ्दो ढुकढुकीलाई अझै स्पिड दिन 'बितेका पल' युनिटले फिल्म रिलिजको पूर्व सन्ध्यामा गीत रिलिज गरेको छ । 'स्याड भर्सन'को उक्त गीतमा फिल्ममा अभिनेता अबिनाश गुरूङले आफ्नो मायामा छल भएको भाव व्यक्त गरेका छन् । राजेश घतानीको शब्द तथा बाबु बोगटीको संगीत रहेको प्रस्तुत गीतमा शिव परियारले स्वर दिएका छन् ।
 
सुरज सुब्बा नाल्बोले निर्देशन गरेको पूर्ण प्रेमकथामा आधारित यो फिल्म यहि पौष २६ गते अर्थात आउँदो शुक्रबार रिलिज हुँदैछ । फिल्ममा केकी अधिकारी, अबिनाश गुरूङ र बाबु बोगटीको अभिनय रहेको छ ।