Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

जाडोमा कलाकारको पिकनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/01/08

आउँदो माघ ११ गते नेपाली फिल्मका कलाकार भक्तपुरको क्लब बाग्मती सिपा टोलमा जम्मा हुँदैछ । नेपाली फिल्मका कलाकारको जमघट माघको जाडोमा गरम बन्नेछ । गरम हुने अवसर नेपाल चलचित्र कलाकार संघले जुराउने भएको हो ।

 

संघले सार्वजनिक वनभोज कार्यक्रमको आयोजनाको तयारी गरिरहेको अध्यक्ष नवल खड्काले जानकारी दिए । भक्तपुरको उक्त स्थान कलाकारको लागी उपयुक्त रहेको जानकारी दिदैं अध्यक्ष खड्काले भने- ‘हामी सबै कलाकारलाई त्यहाँ उपस्थित गराउने प्रयासमा छौं ।’ गत बर्ष गोदावरीमा आयोजना गरिएको वनभोजमा सर्वसाधारणको भिडले कलाकारले दिल खोलेर रमाइलो गर्न पाएका थिएनन् । यस वर्ष त्यस्तो नहुने अध्यक्ष खड्काले दाबी गरेका छन् ।

 

वनभोजमा सहभागी हुन संघले सबै कलाकारसँग सहकार्य गरिरहेको छ । वनभोजले पर्दाका कलाकारलाई एक अर्कासँग घुलमिल हुने अवसर जुराइदिने विश्वास छ ।