Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

माघे संक्रान्ती खाने दाऊ । सुबिधा सम्पन्न हलमा फिल्म महोत्सव !

फिल्मीखबर, काठमाण्डौ, 2014/01/07

हिन्दी तथा अंग्रेजी फिल्मलाई मात्रै पोषण गर्ने भनेर आरोप खेपेका सुविधा सम्पन्न मल्टिप्लेक्स स्टेशनहरु केही बर्षदेखि भने नेपाली फिल्म प्रदर्शनको लागि पनि सहज बन्दै गरहेका छन् । विशेषगरी ‘लुट’ फिल्मले ब्ल्कबस्टरको व्यापार गरेपछि शहरका मल्टिप्लेक्समा नेपाली फिल्मलाई प्रदर्शनको मौका मिलेको हो ।

 

 

बलिउडका तीन खान तथा ऋतिक रोशनको फिल्म हेर्ने उर्लिने नेपाली दर्शक मल्टिप्लेक्स पर्दामा नेपाली फिल्म हेर्न कत्तिको लाइन लाग्छन् ? छुट्टै बसहको विषय बन्ला । जे होस् पछिल्ला बर्षहरुमा सुबिधा सम्पन्न स्टेशनमा नेपाली फिल्मले प्रदर्शनको मौका पाइरहेका छन् । आउँदो शुक्रबार अर्थात पुस २६ गते प्रदर्शन हुने तीन नेपाली फिल्मले पनि सुबिधा सम्पन्न मल्टिप्लेक्स स्टेशनमा प्रदर्शनको मौका पाएका छन् ।

 

माघे संक्रान्ती छोप्न आएका फिल्म ‘छ एकान छ’, ‘बितेका पल’ र ‘पराई’ फिल्म कमलपोखरीको विग मुभिज र चावहिलको एफक्युवमा प्रदर्शन हुँदैछन् । अर्को सुबिधासम्पन्न क्यूएफएक्स हलमा भने कमेडी फिल्म 'छ एकान छ' मात्र लाग्ने भएको छ ।

 

विग मुभिजमा कुन फिल्मले कति शो पाएका छन् ? हलका अप्रेशन म्यानेजर दीपक मेहताले तीन नेपाली तथा चार विदेशी फिल्मको शो निर्धारण गर्न बाँकी रहेको बताए । उनले आगामी शुक्रबार हलमा फिल्मको महोत्सव नै लाग्ने बताए । हँसिलो पारामा दीपकले भने- 'यो त एउटा महोत्सव भन्दा कम हुँदैन ।'

 

एफक्यूवका जेनरल म्यानेजर अरुण रिजालले फिल्मीखबरलाई ठट्टा गर्दै भने- ‘३ नेपाली सहित आउँदो शुक्रबार ६ फिल्म प्रदर्शन हुँदैछन् । प्रदर्शन गर्ने अरू पनि नेपाली फिल्म भए पठाइदिनु होला ।’ उनले धेरै फिल्म रिलिज हुँदा हललाई समेत घाटा पुग्ने भन्दै व्यङग्यको शैलीमा भने- 'नेपाली फिल्म थोरै भएजस्तो छ । अझै २/३ वटा फिल्म भए बिहानदेखि बेलुकासम्म एक एक शो दिन हुन्थ्यो ।'

 

व्यापार जस्तो जे जस्तो रहेपनि सुबिधा सम्पन्न स्टेशनमा नेपाली फिल्मले प्रदर्शनमा पाएको सहजतालाई भने खुसीको रुपमा लिने कि !