सामान्यतया 'नमस्ते'लाई आदरार्थी शब्दको रूपमा प्रयोग गरिन्छ । दुई वा सो भन्दा बढि व्यक्ति भेट हुँदा 'नमस्ते'ले सम्बोधन गरेर एकअर्काको आदर गरिन्छ । आईतवार एक जमघटमा भने 'नमस्ते'लाई सम्बन्ध बिच्छेद शब्दको रूपमा प्रयोग गरियो ।

आइतबार राजधानीको एक कार्यक्रममा भेटिएका नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी र अभिनेत्री निशा अधिकारीले 'नमस्ते' ठोकेर एकअर्कालाई नचाहिने घोषणा गरे । निशाले मलेसियाको अवार्डमा आयोजना हुन गईरहेको अवार्डका लागि समय नदिएको भन्दै अध्यक्ष केसी गुनासो गरिरहेका थिए । निशाले भने समय अभावका कारण समय नदिएको स्पष्ट पारिन् । उनले भनिन्- 'अवार्ड हुने समयमा मेरो सुटिंग चलिरहेको हुन्छ । म सुटिंग छाडेर आउन सक्दिन ।'
मनोजले दुई दिनको छुट्टी मिलाएर पनि आउन सकिन्छ नी भनेर जिद्धी गरे । निशाले त्यसका लागि फिल्मको निर्दैशकसँग कुरा गर्नुपर्छ भनेर निशाले अभिनय गर्न लागेको फिल्म 'मुखौटा'का निर्देशक अर्पण थापालाई अघि सारिन् । कुराको चुरो नबुझेका निर्देशक थापा बीचमा केही बेर बिलखबन्दमा परे र निस्किए ।
निशा यही मौकामा मनोजसँगको सवाल जवाफबाट मुक्तिः पाउन चाहन्थिन् । निशाले वेवास्ता गर्दै हिंड्न लागेको देखेपछि मनोजले आफूलाई रोक्न सकेनन् र भनिदिए- 'निशालाई प्राविधिक संघ नचाहिने रहेछ, नमस्ते ।' निशा पनि के कम उनले पनि मनोजले झैं 'नमस्ते' भन्दै पिठ देखाएर हिडिदिइन् ।
निशाको व्यवहारले जिल्लिएका मनोज भुतभुताउँदै थिए- 'अवार्ड पाए जाने नत्र नजाने ?' 'नमस्ते'को पछि लुकेको कथा त यस्तो पो रहेछ । अवार्डसँग जोडिएको 'नमस्ते' ।

