Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.71/5.00)
Text size:-
+
-

`ओझेल`को फस्टलुक र अडियो गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2014/01/06
भिक्टोरिया इन्टरटेनमेण्ट प्रालिको ब्यानरमा लक्ष्मी कायस्थको प्रस्तुती तथा सञ्चारकर्मी सुमन वाग्ले कार्यकारी निर्माता रहेको फिल्म 'ओझेल'को प्राविधिक कार्य अन्तिम चरणमा पुगेको छ । यहि फिल्मको फस्टलुक र अडियो गीत सार्वजनिक गरिएको छ ।
 
 
 
यसै फिल्ममार्फत नेपाली रजटपटमा लामो समयसम्म थिएटर र डान्स इन्स्च्युट संचालन गरेर आफ्नो अनुभवलाई खारेका सगम कायस्थले नायक तथा मेकरको रुपमा डेब्यू गर्दैछन् । प्रेमकथामा आधारित रहेको फिल्म 'ओझेल'को ८० प्रतिशत दृश्य पर्यटकीय स्थल मुस्ताङमा खिचिएको निर्देशक तथा छायाँकार नर्जान राना मगरले फिल्मीखवरलाई जानकारी दिए ।
 
नववर्ष २०७१ मा देशभर प्रदर्शन गरिने लक्ष्य लिएपनि विदेशमा चैत्रको पहिलो हप्ताबाट प्रर्दशन गरिने निर्माता कायस्थले जानकारी दिए । अधिकांश नयाँ कलाकारको अभिनय रहेको फिल्ममा हल्याण्डकी कलाकार रुथ कोलिनको साथमा सगम कायस्थ, राधा राई, हेमन पुन, अमृत पन्त आदिको अभिनय रहेको छ  । फिल्ममा द्धन्द् गम्भीर राना, कोरियोग्राफी रुपेशराज राना र संगीत भने योगेशकाजी विसीको  रहेको छ । सार्वजनिक गीतमा संगीतकार विसीको शब्द तथा शिव परियारको स्वर रहेको छ ।
 
Click Here for song  http://www.filmykhabar.com/audio/OJHEL