Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

कमेडी फिल्मको यस्तो प्रचार शैली

फिल्मीखबर, काठमाण्डौ, 2014/01/06

राजनीतिमा ‘सडकदेखि सदनसम्म’ भने जस्तै फिल्म ‘छ एकान छ’ ले आफ्नो प्रचारलाई ‘सडकदेखि हलसम्म’को प्रक्रियालाई तिव्रता दिइरहेको छ । पुस २६ गते अल नेपाल प्रदर्शन हुने यो कमेडी फिल्मले प्रचारमा नयाँ शैली अपनाएको छ ।

 

कमेडी फिल्म ‘छ एकान छ’ हेर्न दर्शकलाई हलसम्म आउन अनुरोधका लागि राजधानीका मुख्य चोकचोकमा ६ जना ‘डमी’ खटिने भएका भएका छन् । कोटेश्वर, नयाँ बानेश्वर, गोङ्गवु, कलंकी, ज्ञानेश्वर र चावाहिल चोकका सर्वसाधारणलाई यी ‘डमी’ले पुस २६ गते फिल्म हेर्न अनुरोध गर्नेछन् । ‘एउटा चोकमा दिनको दुई घण्टा यी डमीले फिल्मको प्रचार गर्नेछन्,’ फिल्म प्रचारको लागि झापा उड्ने तयारी गरिरहेकी निर्मात्री दिपाश्री निरौलाले बानेश्वर चोकमा सुनाइन्- ‘नेपाली फिल्मलाई माया गर्ने दर्शकलाई ‘छ एकान छ’ को रिलिज हुने मिति जानकारी गराउन यो उपाय अपनाइएको हो ।’

 

‘छ एकान छ’ का अर्का निर्माता निर्मल शर्माले थपे- ‘डमीले फिल्मको प्रचारसँगै ट्राफिक सुरक्षामा पनि सहयोग गर्नेछन् ।’ कलाकार जितु नेपालले यस्तो प्रचार शैलीले दर्शक हलमा फिल्म हेर्न आउने विश्वास व्यक्त गरे । निर्माता तथा कलाकार दिपकराज गिरी भने फिल्म प्रचारका लागी पोखरा उडेकाले बानेश्वर चोकको नयाँ प्रचार शैलीको कार्यक्रममा उपस्थित भएनन् । दिनेश डिसी निर्देशित फिल्म ‘छ एकान छ’ ले प्रचारलाई तिव्रता दिइरहेको छ ।

 

‘छ एकान छ’सँगै पुस २६ गते सुरज सुब्बा नाल्बो निर्देशित फिल्म 'बितेका पल'को पनि प्रचार आफ्नै गतिमा दौडिरहेको छ । दुई साता अघिको प्रिमियरबाट नै राम्रो प्रतिक्रिया पाएको यो फिल्मको निर्माण युनिट सफलताको स्वाद चाख्न हौसिएको छ । सञ्चारकर्मी तथा फिल्मकर्मीले रूचाएको फिल्मलाई दर्शकले पनि रूचाउनेमा निर्माण युनिट ढुक्क छ । राजेश घतानी र क्रि रिजालको लगानी रहेको फिल्ममा केकी अधिकारी, अभिना गुरुङ र बाबुको बोगटीको अभिनय छ ।