Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

सुटिङ हेरेर रूने रोहित `गडफादर` खोज्दै

फिल्मीखबर, काठमाण्डौ, 2014/01/05

‘मेरो कोही गड्फादर हुन्थ्यो भने म स्टार बनिसक्थें’, विगत १३ वर्षदेखि नेपाली फिल्ममा स्टार बन्न संघर्ष गरिरहेका रोहित रुम्बालाई लाग्छ- ‘कला भएर पनि हात थापिदिने गुरु नहुँदा पछि परियो ।’

 

‘तोरी लाहुरे’ (फिल्म) रोहितलाई लाग्न थालेको छ नेपाली फिल्म खेलेर स्टार हुन कि त पारिवारिक पृष्ठभूमी कि त गड्फादरको आवश्यक छ या लगानी गर्नुपर्छ । एउटै थालमा खाना खाएर हिरो बन्ने संघर्षको बाटोमा हिंडेका सहयात्रीले उत्कृष्टताको अवार्ड समात्दा रोहितका आँखा रसाउँछन् । अझ स्टार साथीहरुले देखेर पनि वास्ता नगरिदिंदा उनको मन कटक्छ खान्छ । स्टार भएर यस्को जवाफ यसैगरी कहिले दिने ? उत्कृष्टताको अवार्ड कहिले उचाल्ने ? उनले हरेस खाएका छैनन् । रोहित भन्छन्, ‘रहरको बाटो हिड्न छोड्दिन । स्टार हुने दिन कसो नआउला ?’ 

 

चोभार डाँडामा फिल्मको सुटिङ हेरेर घर फर्कदा रोहित रुन्थें । ‘म यस्तै फाइट हान्ने हिरो कहिले हुन्छु ?’ उनलाई अहिले फाइट हान्ने मात्रै हैन राम्रोसँग नाच्न सक्ने हिरो पनि बन्न मन छ । रोहितले एक समय झन्डै आफ्नो रहरको बाटो बिराएनन् । रोहितलाई लाग्यो हात थापिदिने कोही नभेट्टिपछि जति पापड पेलेपनि यहाँ हुनेवाला केही छैन । त्यसैले उनले योजना बनाए, ‘इन्डियामा कोरस बन्न जाउँ ।’

 

राम्रो नृत्य क्षमता र कराँतेका ब्ल्याक बेल्ट होल्डर रोहितको एक मनमा लाग्यो- ‘अरुको देशमा कोरस डान्सर बन्नु भन्दा त आफ्नै देशमा हिरो बन्ने दौडमा लाग्नु बेस ।’ भक्तपुरका स्थायी रोहित भन्छन्- ‘यदि कोही शहर भन्दा बाहिरको हुन्थ्यो भने उहिल्यै यो क्षेत्र छाडेर अन्तै लागिसकेको हुन्थ्यो ।’ किन नछाडेको फिल्म क्षेत्र ? रोहितको जवाफ छ- ‘ मलाई खान, बस्न र दिनमा पन्ध्र सय दुई हजार खर्च गर्न कुनै समस्या छैन,’ घरको एक्लो छोरोले सुनाए- ‘सायद मलाई हिरो बन्ने रहरले बलियोसँग समाती रहेको छ ।'

 

रोहितको स्टार बन्ने रहर पुरा भएको छैन । किन होला त ? कारण बारे उनी आफ्नै मुहारलाई दोष दिन पछि पर्दैनन् । भन्छन्- ‘कहिलेकाहीं त लाग्छ मेरो यो मंगोलियन फेस हिरो बन्ने खालको छैन । मलाई चाप्लुसी गर्न आउँदैन ।’ के हिरो बन्न अनुहार सलक्क परेको र चाप्लुसी गर्न जान्नु पर्छ ? प्रश्न सोधियो  ‘डान्स गर्ने, फाइट हान्ने र अभिनय गर्ने क्षमता हुँदाहुँदै पनि म हिरो बन्न नसकेपछि मैंले यसो भनेको हुँ । यहाँ कला नभएर हिरो भएका थुप्रै छन्,' रोहितले भने ।

 

रोहितले नाच्न सिकाएका रमित ढुङ्गाना हिरो भएर पनि फिल्म खेल्न छाडिसकें । तर, उनलाई हिरो बन्ने रहरले छोडेको छैन । हिरो बन्ने रहरले रोहितको पढाइ छुटायो । टिनेजर्स हुँदा उनलाई लाग्यो, पढेर के हुन्छ ? नपढेर हिरो भएका धेरै छन् । अहिले उनलाई लाग्दैछ, पढेर हिरो नहुने पनि त धेरै छन् । उनलाई पढाइ छोडेर हिरो बन्न दौडिएकोमा कुनै पछुतो छैन । रोहित एउटै कुराको खोजीमा छन्, ‘गडफादर’

 

र्‍यापर सिङगर समेत रहेका रोहितले ‘चम्पा चमेली’, 'दुई मुटु एक धड्कन', ‘लभ इन चाइना वोर्डर’, 'रूद्राक्ष' लगायतका फिल्ममा अभिनय गरेका छन् । उनी अभिनित अर्को फिल्म ‘तोरी लाहुरे’ फागुन २३ मा प्रदर्शन हुँदैछ । 'तोरी लाहुरे'बाट रोहितले निकै आश गरेका छन् । भन्छन्- 'यो फिल्मले मलाई हिरोको रूपमा चिनाउने छ ।' फिल्मको नाम जस्तै उनको करियरमा 'तोरी लाहुरे'को ट्याग नलागोस्, शुभकामना !