फिल्म नगरीमा पलायन हुने कलाकारको संख्या थपिंदै गएको छ । मोडलिङ गर्दै फिल्म रजतपटमा प्रवेश गरेकी शशी खड्का पनि पलायन हुने कलाकारको सूचिमा समावेश हुन आएकी छिन् ।
सेक्सी फिल्म ‘पलपलमा’ बाट रजतपटमा उदाएकी शशी हाल कहाँ के गर्दैछिन् ? कसैलाई पत्तो छैन । एक समय म्यूजिक भिडियोमा राम्रै छाएकी शशीले फिल्म ‘पलपलमा’ पश्चात ‘चन्द्रावती’ फिल्ममा अभिनय गरेकी थिइन् । जहाँ निर्देशक राजु गिरीले अभिनेता आयुष रिजालसँग शशीलाई अन्तरंग दृश्य दिन लगाएका थिए । फिल्म प्रदर्शनताका उक्त दृश्यलाई लिएर शशी र निर्देशक गिरीबिच लफडा समेत भएको थियो ।
‘पलपलमा’ र ‘चन्द्रावती’ पश्चात शशीले अर्को सेक्सी फिल्म ‘किन किन’ मा अभिनय गरिन् । उकेश दाहालको फिल्ममा शशीले अभिनेता राज तिमल्सीनासँग लिप किस सिन दिएकी थिइन् । यि फिल्म पश्चात शशीलाई अहिले एक्सन कटमा देख्न पाईएको छैन ।

