Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली फिल्म । `पुस फासफुस`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/03

‘पुस फासफुस’ भन्ने उखान वर्तमान नेपाली फिल्म बजारसँग ठ्याक्कै मेल खान पुगेको छ । जाडोयामको पुस महिनामा न नेपाली फिल्म हलमा चले न निर्माताहरु नै फिल्म खिच्न फ्लोरमा निस्किए ।

 

प्रदर्शन भएका फिल्मको कमाई उल्लेख गर्न लायकको रहेन भने फिल्म खिच्न निस्किएका फिल्मकर्मीले पनि सुखको सास फेर्न पाएनन् । पुसको दुई साता हलमा नेपाली फिल्म नै प्रदर्शन भएनन् । पुसको तेस्रो सातामा प्रदर्शन भएका फिल्मको पनि सुरुवाती व्यापार उत्साहप्रद हुन सकेन ।

 

यो शुक्रबार नेपाली फिल्म ‘त्राश’, ‘एभ्रीडे इज सन्डे’ फिल्म प्रदर्शनमा आएका छन् । ओपनिङको व्यापारिक अनुपात हेर्दा दुई नेपाली फिल्मलाई एक सातासम्म हल धान्न धौधौ हुने जस्तो देखिएको छ । हलमा मात्रै हैन फ्लोरमा निस्किएका फिल्मलाई पनि पुसको जाडोले सताएको छ । चिसो मौसममा दृश्य खिच्न क्यामेरा पर्सनलाई घाम खोज्न मुस्किल छ ।

 

छवि ओझाको ‘लज्जा’, लक्ष्मण सुवेदी निर्देशित ‘एउटा साथी’, संयम पुरी मुख्य भूमिकामा रहेको ‘पुन्टे परेड’ लगायतका फिल्म हाल फ्लोरमा छन् । अभिनेता विनय श्रेष्ठको 'रेशम फिरिरी’ र सुमन सिंहको ‘दिगम्बर’ फिल्मले पुसको चिसोमा सुटिङ सुरु गर्ने जोखिम मोलेनन् । यी दुई अभिनेताका फिल्मको सुटिङ चिसो हटेपछि सुरु हुनेछ ।