Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

दिपकले भनिदिए- `आक्रमण गर्ने दोषी`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/03

पुस २६ लाई लिएर फिल्म बजारमा चर्चा र चासो व्यप्त छ । ‘छ एकान छ’ र ‘बितेका पल’ फिल्म मध्ये कुन फिल्मले राम्रो व्यापार गर्ला ? कुन निर्माता खुसी होलान् ? दुःख कस्को पक्षमा पर्ला ? या दुवै फिल्मका निर्माताले खुसी साट्लान् ? यस्तै खाले जिज्ञासा उब्जिरहंदा फिल्म युनिटलाई भने आफ्नो प्रोडक्टको प्रचार गर्दैमा फुर्सद छैन ।

 

‘छ एकान छ’ र ‘बितेका पल’ फिल्म प्रचारको चरम बिन्दुमा छ । यी फिल्मका कलाकार, निर्माता तथा निर्देशकले आफ्नै तवरबाट दर्शकलाई फिल्म हेर्न हलसम्म पुग्न आग्रह गरिरहेका छन् । प्रचारको बिचमा फिल्म सम्वद्ध व्यक्तिले मिडियामा दिएका केही अभिव्यक्ति भने वाच गर्न लायक बन्दै गइरहेका छन् ।

 

निर्देशक सुरज सुब्बा नाल्बोले ‘बितेका पल’ को प्रतिस्पर्धा अन्य फिल्मसँग नभइ दर्शकसँग रहेको प्रतिक्रिया दिइरहंदा ‘छ एकान छ’ का निर्माता समेत रहेका दिपकराज गिरीले यस्तै वाच गर्न लायकको अभिव्यक्ति दिएका छन् । ‘छ एकान छ’ मा सलमान खान स्टाइलमा प्रस्तुत भएका दिपकले फिल्म जुध्नुमा आफ्नो भन्दा पनि जुध्न आउने फिल्मलाई दोष दिएका छन् ।

 

साप्ताहिक पत्रिकासँग गफिदै दिपकले भनेका छन्- ‘नैतिक रुपमा जुध्न आउने दोषी हुन्छ । कानुनले पनि आक्रमण गर्नेलाई दोषी ठान्छ ।’ दिपकले अप्रत्यक्ष रुपमा आफुलाई अन्य निर्माता तथा वितरकले आक्रमण गरेको धारणा व्यक्त गरेका छन् । आफ्नो फिल्मले पहिलो प्रदर्शन मिती तय गरेको जिकिर गर्दै दिपकले आफ्नो फिल्म जुधाउने उद्धेश्य नरहेको बताएका छन् । सेक्सी लाग्ने सेलिब्रेटीको भन्ने प्रश्नमा दिपकको उत्तर छ- ‘रिलकी जोडी दिपाश्री निर्रौला र छ एकान छकी हिरोइन नीता ढुङ्गाना ।’