रापति समाज काठमाण्डौको आयोजनामा हुन लागेको 'राष्ट्रिय रापति म्यूजिक अवार्ड ०७०'का लागि बिभिन्न २५ बिधामा परेका उत्कृष्ट पाँच संगीतकर्मीको नोमोनेशन सार्वजनिक गरिएको छ । जसमध्ये फिल्म क्षेत्रको बिधालाई पनि समेटिएको छ ।
गत बर्ष र यो बर्ष प्रदर्शनमा आएका फिल्म मध्येबाट उत्कृष्ट पाँच संगीतकारको लिस्टमा अर्जुन पोखरेल, सुरेश अधिकारी, बसन्त सापकोटा, दिपक शर्मा र रञ्जित गजमेर परेका छन् । बर्ष ६९ सालको हिट फिल्म 'रिदम'को 'पागल म बन्न सक्छु', 'मायाज बार' फिल्मको 'सर सर' तथा यस बर्षको हिट फिल्म 'काली'को 'स्लोली स्लोली' बोलको गीत सहित 'नोटबुक', 'मेरो जीवन साथी', 'सम्झिराख है', 'ढुकुटी', 'हमेशा', 'बिन्दास' र 'बिन्दास २'का गीतसंगीत उत्कृष्टको लिस्टमा परेका छन् ।
यस्तै यस अवार्डको उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष तर्फ फिल्मका हिरोहरूको बर्चश्व छ भने महिला तर्फ पाँचै बिधामा हिरोईनहरू नै परेका छन् । जसमा पुरूष तर्फ अभिनेता अमिर गौतम, मुकेश आचार्य, यशराज र गजित बिष्ट छन् । अर्का एक जना सनम कठायत भने फिल्ममा देखिएका छैनन् । यस्तै महिला तर्फ झरना थापा, केकी अधिकारी, नन्दिता केसी, बिनिता बराल र शिल्पा पोखरेल रहेका छन् ।
'राष्ट्रिय रापति म्युजिक अवार्ड–०७०'को फिल्मको बिधामा परेका मनोनयानहरु
उत्कृष्ट चलचित्र गीतकार
१. कृष्णहरि बराल, पागल म बन्न सक्छु, (रिदम)
२. दयाराम पाण्डे,तिमीसँग रिसाएर,(मेरो जिवन साथी)
३. राम अविरल, सुन्छु तिमीले मलाई, (विन्दास–२)
४. रेशम सापकोटा, झलमलाउदो रुप मेरो, (ढुकुटी)
५. स्वप्नील वराल, मायाको भुलभुलैया (नोटवुक)
उत्कृष्ट पाश्र्व गायिका
१. अन्जु पन्त आँधी खोला (सम्झीराख है)
२. दुर्गा परियार कुन दिनमा (मायाजवार)
३. मनिषा पोखरेल, हमेशा हमेशा (हमेशा)
४. मिलन अमात्य, स्लोलि स्लोलि (काली)
५. रजिना रिमाल, पागल म (रिदम)
उत्कृष्ट पाश्र्व गायक
१. दिपक लिम्वु मायाको भुलभुलैया (नोटवुक)
२. प्रल्हाद तिमल्सीना, स्लोलि स्लोलि (काली)
३. राजेश पायल राई, सर सर (मायाजवार)
४. शिव परियार, वाटो मोडेर (विन्दास)
५. स्वरुपराज आचार्य, पागल म बन्न सक्छु (रिदम)
उत्कृष्ट चलचित्र संगीतकार
१. अर्जुन पोखरेल, मेरो जीवन साथी
२. दिपक शर्मा, सम्झीराख है
३. वसन्त सापकोटा , काली
५. सुरेश अधिकारी, मायाजवार
५. रञ्जित गजमेर, ढुकुटी

