Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

हेल्थ क्याम्पमा के गर्यो `प्रोड्यूसर`ले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/29

फिल्मको प्रसारप्रसार गर्ने काईदा फरक फरक हुनसक्छ । यस्तै फरक शैलीको प्रचार अपनाएको छ, फिल्म 'प्रोड्यूसर'ले । आगामी माघ १७ गते रिलिज हुन लागेको यो फिल्मको निर्माण युनिटले दावँली मिलन केन्द्रसँग सहकार्य हरेर 'हेल्थ प्रोग्राम'को आयोजना गर्‍यो ।

 

राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यमिक विद्यालयमा रहेका छात्रछात्राहरूलाई ११ जना चिकित्सक बोलाएर स्वास्थ्य जाँच गरिएको फिल्मका निर्माता राजकुमार राईले जानकारी गराए । उनले भने- 'मानिस दिर्घायु हुन स्वस्थ रहनुपर्छ । मानिसलाई स्वस्थ राख्न मनोरञ्जले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हामी फिल्म निर्माण युनिटले फिल्मको प्रचार गर्दै यस किसिमको सेवामुलक कार्यमा हात अगाडी बढाएका हौं ।'

 

यस्तै कार्यक्रममा बोल्नै निर्माता संघका अध्यक्ष समेत रहेका निर्माता राईले बलिउड र हलिउड फिल्मसँग नेपाली फिल्मलाई नदाँज्न आग्रह गरे । उनले भने- 'अहिले पनि हामी बामे सर्दै छौं । यस्तो अवस्थामा ठूलो बजेटमा बनेका र अत्याधिक चर्चामा आएका बिदेशी फिल्मसँग हामी जुध्न सक्दैनौं । तर हामी आफ्नो तर्फबाट दर्शकलाई राम्रो फिल्म दिने कोसिस गरिरहेका छौं ।' फिल्म 'प्रोड्यूसर' पनि दर्शकलाई पूर्ण मनोरञ्जको खुराक रहेको राईले बताए ।

 

ज्योतीराज राईको प्रस्तुतीमा जनकदीप पराजुलीले निर्देशन गरेको यो कमेडी फिल्ममा विल्सन विक्रम राई, बाबु बोगटी, श्याम राई , श्याम अर्याल, पायल रायमाझी, स्वेता भट्टराई लगायतको अभिनय छ । फिल्मले नेपाली फिल्म क्षेत्रकै समस्यालाई चित्रण गर्ने निर्देशक पराजुलीले बताए । आजको कार्यक्रममा निर्देशक, निर्माता तथा केहि कलाकारको उपस्थिती थियो ।