समानुपातिक सभासदको सूचीबाट वञ्चित अभिनेता भुवन केसीले एमालेलाई आफ्नो अमुल्य मत दिएर दोस्रो ठुलो पार्टी बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिदैं पार्टीको निर्णयबाट आफु खुसी रहेको बताएका छन् । भुवनले पदका लागी एमाले प्रवेश नगरेको पुनः दोहोर्याए ।
रिपोर्टस क्लबवमा प्रेस मिट आयोजना गर्दै अभिनेता केसीले भने- ‘संविधान सभाको ऐतिहासिक आम निर्वाचनमा समानुपातिक तर्फका उम्मेरदवार म तपाईहरुकै प्रिय कलाकार भुवन केसीलाई विश्वास गरेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मतदाताहरुले पार्टीलाई विश्वास गरेर मतदानमा सरिक हुनुभएका लाखौं मतदाताहरुलाई निश्चय पनि अघात पर्न गएको मैंले महसुश गरेको छु । तथापी उहाँहरुको त्यही अमुल्य मतले एमाले आज मुलुककै ठुलो दोस्रो दल हुन गएकोमा म अत्यन्त खुसी छु र साथै यस सवालमा गर्व गरिदिनुहु पनि म आग्रह गर्न चाहन्छु ।
दोस्रो संविधान सभाको निर्वाचनमा पार्टीलाई जिताउन लागी परेका भुवनले चुनावी प्रचारमा जुट्दा आफ्नो अनुभव सुखद साट्दै भने- ‘पार्टीले आजको विशाल स्वरुप प्राप्त गर्न सफल भयो र चुनावी अभियानमा मैंले ज-जस्लाई सघाएँ ती सबै शिर्षस्थ नेताहरुले विजयी प्राप्त गर्नुभयो । यो मेरो लागी शुखद् अनुभव पनि रह्यो ।’
पार्टीका शिर्षस्थ नेतालाई विजयी हन सघाएका भुवन आफै चाहिं किन समानुपातिक सभासदको सूचीबाट फालिए त ? उनको बुझाई छ- ‘पार्टीको विविध कारणले गर्दा म सभासद बन्न सकिन । म पदको लागी पार्टी प्रवेश गरेको होइन । म पार्टीको विचार र सिद्धान्तप्रति प्रतिवद्ध छु ।’
एमाले शिर्ष नेता माधवकुमार नेपालको निकट मानिएका अभिनेता केसी पार्टी अध्यक्ष झलनाथ खनाल कि नेता नेपालको शिकार बने ? भन्ने जिज्ञासामा उनले स्पष्ट जवाफ दिएनन् । भुवनले चर्चित कलाकार समानुपातिक सूचिमा नपर्दा फिल्मकर्मी तथा मतदाता समक्ष देखिएको जिज्ञासा मेटाउन प्रेस समारोह गरेको बताए ।

