Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

बल्ल आयो नेपाली फिल्मको पालो

फिल्मीखबर, काठमाण्डौ, 2013/12/29

मुटु कमाउने जाडो र हिन्दी फिल्म ‘धुम थ्री’ को चेपुवामा पर्ने डरले पुस दुई साता कुनै पनि हलमा नयाँ नेपाली फिल्म प्रदर्शन भएनन् । निर्माता तथा वितरकले यो जोखिम मोल्ने चेष्टा गरेनन् । दुई साता फिल्म हलमा नेपाली फिल्मको शून्यता रह्यो । शून्यतालाई तोड्दै आउने शुक्रबार अर्थात पुस १९ गते 'त्राश' नामक फिल्म प्रदर्शन हुने भएको छ ।

 

'त्राश' केही वर्ष अगाडी नै निर्माण भएको फिल्म हो । फिल्मलाई निर्माण पक्षले प्रचारमा ल्याएको छैन । त्यसैले यो फिल्म प्रदर्शन हुनुले खासै अर्थ नराख्ने बताईन्छ । हुनपनि हो, प्रचारप्रसार बिना दर्शकमाझ फिल्मको जानकारी कसरी पुग्ला ?
 

गायक प्रकाश ओझाको निर्माण तथा निर्देशनमा बनेको यो फिल्ममा नायक जीवन लुईटेलका भाई निराजन लुईटेलको साथमा अयुब केसी, अनु शाह, रिया श्रेष्ठ, प्रकाश सुब्बाको साथमा झरना थापाको बिशेष भूमिका रहेको छ । 'त्राश' एक्शन शैलीको फिल्मको हो ।

 

निर्देशक ओझाको कथा तथा संगीत रहेको यो फिल्मलाई रोशन श्रेष्ठले खिचेका हुन् भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका हुन् । यस्तै फिल्ममा हिमाल जोशीको सम्पादन, प्रदिप खड्काको द्धन्दनिर्देशन, पूर्नम राईको करियोग्राफी रहेको छ ।