Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

फाल्गुनमा जुर्ला त हमालको लगन ?

फिल्मीखबर, काठमाण्डौ, 2013/12/25

केहि बर्ष अगाडीसम्म राजेश हमालको प्रेमिका को होला ? भन्ने जिज्ञासा सञ्चारकर्मी, फिल्मकर्मी देखि आम शुभचिन्तकलाई थियो । फिल्मीखबरले राजेशको प्रेमिकाको तस्विर पहिलो पटक सार्वजनिक गरेपछि उक्त जिज्ञासा मेटिएपनि अर्को जिज्ञासा भने अझै मेटिएको छैन ।


तपाईंको बिहे कहिले हुन्छ ? राजेश हमालले यो प्रश्नको सामना गर्न थालेको बर्षौं भईसक्यो । केहि बर्षसम्म्म मौन रहेका हमालले बिगत २/३ बर्षदेखि अब त बिहे गर्छु भन्दै आएका छन् । तर, उनको बिहेको लगन भने कहिल्लै आएन । अब भने हमालले यहि आउँदो फाल्गुन महिनामा प्रेमिका मधु भट्टराईसँग लगन जुर्ने बताएका छन् ।

 

५० बर्ष नाघिसक्दा पनि बिहे गर्छु भन्दै नगरेर सबैको आँखामा छारो हाल्दै आएका हमालले यसपाली पनि बिहे नभए आफैलाई धोका हुने प्रतिक्रिया दिएका छन् । उनले आफ्नो बिबाह भने अतिरञ्जित नगर्ने बताए । साधारण हिसाबले बिहे गर्ने उनको तयारी छ ।

 

बिहेपछि हनिमुनको बारेमा भने हमालले मधुसँगको उपस्थिती जहाँ हुन्छ त्यहिं नै आफ्नो हनिमुन हुने बताएका छन् । हालसम्म प्रेमिकालाई सार्वजनिक स्थानमा नल्याएका हमालले फेरिपनि 'बिहे कहिले गर्ने ?' भन्ने प्रश्नको सामना गर्न नपरोस् ।

 

सार्वजनिक स्थानमा मधु सार्वजनिक नभएपनि उनले अभिनय गरेको म्युजिक भिडियो हेर्नुस् -