Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

ध्यान गरेर फर्किइन् निशा

फिल्मीखबर, काठमाण्डौ, 2013/12/25

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पश्चात अभिनेत्री निशा अधिकारीले एउटा मात्रै फिल्ममा अभिनय गरिन् । 'भिमदत्त' फिल्ममा निशाले एक अनुसन्धानकर्ताको भूमिका निर्वाह गरेकी छिन् । पछिल्ला दिनहरुमा निशाको फिल्मी यात्रा केही सुस्ताए जस्तो देखिन्छ ।

 

बर्ष ७० को पुसको पहिलो सातासम्म निशाका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन् । अभिनेता अर्पण थापाको फिल्म 'मुखैटा'मा निशा अनुबन्धित भएकी छिन् । फिल्मको फ्लोरमा जाने तयारी हुँदैछ । खाली सयमको सदुपयोग गर्दै निशा भने मन र मष्तिस्कलाई शुद्ध गर्न ध्यान केन्द्र गएकी रहिछन् ।

 

निशाले आफ्नो फेसबुक वालमा क्रिसमसको शुभकामना दिदैं आफु ११ दिनसम्म ‘विपस्याना’ बसेको जानकारी दिएकी छिन् । एक छाक मात्रै खाना खाएर कडा नियम पालना गर्नुपर्ने ‘विपस्याना’ ध्यान शिवपुरी जंगल, स्वयम्भू र लुम्बिनी क्षेत्रमा गर्न सकिन्छ । यी मध्ये निशाले कुन स्थानमा ध्यान गरिन् ? उनको फेसबुक स्टाटसमा उल्लेख छैन ।

 

हरेक दिन १२ घण्टा ध्यान गरेको उल्लेख गर्दै निशा फेसवुक स्टाटसमा लेख्छिन्, ‘जीवन परिवर्तको अनुभव । ध्यानको म कसरी व्याख्या गरौं ?’