घातक हुन्छ भन्ने ज्ञान हुँदाहुँदै पनि कतिपयले भुल्ने बानीबाट छुटकारा पाएका हँदैनन् । अभिनेत्री अनु शाहलाई पनि भुल्ने बानी लागेका रहेछ । अनु यतिसम्म भुलक्कड भइछन् कि उनले विदेशमा हुने एक कार्यक्रमको सही मिति नै बिर्सिछन् ।
जनवरी २८ तारिखमा हुने कार्यक्रम डिसेम्वर २८ मा हुन्छ भन्ने भुलमा रहँदा अनुले हातमा आएको फिल्म समेत गुमाउनु परेछ । ‘जोश’ नामक फिल्ममा अनु पक्क भएकी थिइन् । तर, कार्यक्रमको समय र फिल्म खिच्ने समय एकैपटक जुधेपछि एग्रीमेन्ट गरेको मलेसियाको कार्यक्रम छाड्नु नहुने भन्दै अनुले फिल्म नै छाडेकी थिइन् । अनु त्यतीबेला छाँगाबाट खसिन् जतिबेला मलेसियाको कार्यक्रम डिसेम्वर २८ मा नभएर जनावरी २८ मा रहेछ ।
छायाँकनरत फिल्म 'एउटा साथी'मा विशेष भूमिका देखिंदै गरेकी अनुले पछुताउनु बाहेक केही भएन । उनी खेल्ने भनिएको 'जोश' फिल्मले अभिनेत्री जेनिशा केसीलाई राखेर सुटिङ समेत सुरु गरिसकेको छ । अनुले गल्ती महसुश गर्दै भनेकी छिन्, 'अबदेखि यस्तो गल्ती मबाट हुँदैन ।' गल्ती दोहोर्याए घाटा आफैलाई हो क्या रे !

